राजनीति


रविबारे कांग्रेसलाई एमालेको जवाफ : प्रमाण भेटिए पद छाड्नु हुन्छ, छानबिन पनि हुन्छ

रविबारे कांग्रेसलाई एमालेको जवाफ : प्रमाण भेटिए पद छाड्नु हुन्छ, छानबिन पनि हुन्छ

फाइल तस्बिर


नेपालखबर
चैत ११, २०८० आइतबार १५:२३, काठमाडौँ

प्रमुख सत्तारुढ नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दोहोरो चरित्र देखाएको जनाएको छ।

आइतबार च्यासलमा बसेको सचिवालय बैठकपछि बोल्दै एमाले उपहासचिव प्रदीप ज्ञवालीले कांग्रेसका मन्त्रीहरू झन्डा हल्लाउँदै अख्तियारमा जाँदा पनि पदमा बसिरहेको बताए। 

‘विगत बालकुमारी घटनापछि उच्चस्तरीय आयोगले दोषी देखाउँदा पनि पद नछाडेको हामीलाई थाहा छ। टेरामक्स प्रकरणमा अख्तियारले बयानमा बोलाउँदा झन्डा हल्लाउँदै जाँदा पनि कांग्रेसका मन्त्रीहरूले पद छाड्न इन्कार गरेको ज्ञवालीले बताए।

‘बयानमा बोलाएपछि न्यूनतम् नैतिकता पनि नदेखाई झन्डा हल्लाएर हिँड्नु भयो। कांग्रेसका मन्त्री (मोहन बस्नेत) झण्डा हल्लाएर बयान गर्न जानुभयो’, उनले भने, ‘उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको हकमा राज्यका कुनै नियामक निकायले प्रमाण देखाएमा उहाँले पद छाड्नु हुन्छ। रविविरुद्ध औपचारिक रुपमा मुद्दा दायर गरिएको छैन।’ 

एमाले उपमहासचिव ज्ञवालीले एकातिर रविलाई प्रधानमन्त्री प्रस्ताव गरेको कांग्रेसले गृहमन्त्री हुँदा राजीनामा मागेर दोहोरो चरित्र देखाएको बताए। 

‘एकातिर उहाँहरू उनै मान्छेलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्नु हुन्छ। अर्कातितर त्यही मान्छे गृहमन्त्री हुन सक्दैन भन्ने तर्क गरिरहनु भएको छ, यो हुन सक्दैन’, उनले भने, ‘प्रमाणसहित उजुरी दर्ता भयो भने रवि लामिछानेले छानबिनका लागि मार्ग प्रशसस्त गर्नुपर्छ, तर कांग्रेसले राजनीतिक पूर्वाग्रह देखायो।’

ज्ञवालीले कांग्रेसले भनेअनुसार रविले प्रधानमन्त्री स्वीकारेको भए यस्तो नगर्ने उल्लेख गरे। ‘नेपाली कांग्रेसले द्वैध चरित्र देखाइरहेको छ।जतिबेला प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाललले सहकार्य तोड्ने निर्णय लिनु भयो’, उनले भने, ‘त्यसमा कांग्रेसका भ्रष्टाचार आरोप लागेका मन्त्री पनि प्रमुख कारण हुन्। अहिलेलाई रविको हकमा भोलि कुनै औपचारिक निकायमा प्रमाणसहित आएमा छाबनिनका लागि मार्गप्रशस्त हुन्छ। अहिले कांग्रेसले राखेको माग राजनीतिक पूर्वाग्रहमा आधारित छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .