राजनीति


अमेरिकी राजदूत राप्रपा कार्यालयमा, नेपालमा नास्तिकता फैलाउन लगानी नगरेको जिकिर

अमेरिकी राजदूत राप्रपा कार्यालयमा, नेपालमा नास्तिकता फैलाउन लगानी नगरेको जिकिर

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन (रासस)


नेपालखबर
चैत १४, २०८० बुधबार १२:३१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच आज भेटवार्ता भएको छ।

राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आज बिहान भएको भेटमा द्विपक्षीय हितका विविध विषयमा सौहार्दपूर्ण रूपमा कुराकानी भएको पार्टी प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार भेटका क्रममा अमेरिकी संसद्मा नेपालमा नास्तिकता फैलाउन अमेरिकी लगानी रहेको भनी आएको समाचारका विषयमा समेत अध्यक्ष लिङ्देनले राजदूत थम्पसनसँग जिज्ञासा राखेका थिए।

राजदूत थम्पसनले नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको र गर्ने नीति पनि नरहेको स्पष्ट पार्दै अमेरिकी सहयोग विभिन्न क्षेत्रका अतिरिक्त सीमान्तकृत समुदायको उत्थानमा केन्द्रित रहेको जानकारी राजदूतले गराएको पनि श्रेष्ठले बताए।

त्यस प्रसंगमा अमेरिकी राजदूत थम्पसनले नेपालमा उत्कृष्ट प्रकृतिको धार्मिक सद्भाव रहेको आफूले पाएको विचार व्यक्त गरे।

नेपालबाट चोरी भई अमेरिका पुगेका मूर्तिहरू नेपाल फिर्ता गरी सम्बन्धित मठमन्दिरमा पुनःस्थापना गर्ने अमेरिकी नीति रहेको पनि राजदूत थम्पसनले बताए।

छलफलका क्रममा नेपाल अमेरिका सम्बन्धका विविध आयामका साथै सुशासन, विकास, वैदेशिक लगानीलगायत विविध विषयमा पार्टीको नीतिका बारेमा अध्यक्ष लिङ्देनले राजदूत थम्पसनलाई जानकारी गराएएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .