राजनीति


केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक एक हप्ताभित्र टुंग्याउनुपर्छ : मन्त्री गिरी

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक एक हप्ताभित्र टुंग्याउनुपर्छ : मन्त्री गिरी

नेपालखबर
चैत २२, २०८० बिहिबार १५:६, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक एक हप्ता भित्रमा टुंगोमा पुर्याउनुपर्ने बताएका छन्।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिमा भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफलको क्रममा बोल्दै मन्त्री गिरीले सो विधेयकलाई एक हप्ताभित्र टुंगोमा पुर्‍याउनुपर्ने बताएका हुन्।

उनले संसदको हिउँदे अधिवेशनको समय धेरै बाँकी नरहेको भन्दै चालु हिउँदे अधिवेशनमै समितिले विधेयकलाई पारित गरेर संसदमा पठाउनुपर्ने बताए।

मन्त्री गिरीले एक हप्ताभित्र पारित गर्नेगरी तिब्रताका साथ काम गर्नुपर्नेमा जोड दिए। चालु अधिवेशनमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदमा पुर्‍याउन सके राम्रो उपलब्धि हुने उनको भनाई छ ।

उनले भने,‘हामीसँग धेरै समय छैन। जसले गर्दाखेरी हामी तिब्रताका साथ काम गर्नुपर्ने छ र आउने एक हप्ताभित्र यसलाई टुंगोमा पुर्‍याउनुपर्ने छ र संसदमा प्रतिवेदन बुझाउने स्थितिमा हामी जान सक्यौँ भने राम्रो उपलब्धि हुन्थ्यो भन्ने मलाई लाग्छ।’

उनले छलफलका क्रममा सांसदहरुले राखेका सुझावहरूको सन्दर्भमा मन्त्रालयमा छलफल गरेर धारणा तय गर्ने बताए। विधेयकको सम्बन्धमा बाँकी रहेका छलफलहरुमा सम्बन्धित मन्त्री बसेर छलफल अगाडि बढ्ने उनले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .