ad ad

राजनीति


सभामुखले बोलाए प्रधानमन्त्रीसहित ४ दलका शीर्ष नेताको बैठक

सभामुखले  बोलाए प्रधानमन्त्रीसहित ४ दलका शीर्ष नेताको बैठक

फाइल तस्बिर


नेपालखबर
चैत २६, २०८० सोमबार ८:३३, काठमाडौँ

सभामुख देवराज घिमिरेले संघीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख चार राजनीतिक दलका शीर्ष नेताकाे बैठक बोलाएका छन्।

आज (सोमबार) बिहान साढे ११ बजे सभामुखको कार्यकक्ष सिंहदरवारमा बस्नेगरी सभामुख घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताको बैठक बोलाएका हुन्।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेस, एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेतालाई आमन्त्रण गरिएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामेछानेकाे संलग्नता दावी गर्दै संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ। 

कांग्रेसले सहकारी प्रकरणको छानविनको लागि संसदीय समिति गठन गर्न सरकार तयार नभए यही चैत २७ देखि संसद बैठक नै अबरुद्ध गर्ने चेतावनीसमेत दिएको छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .