राजनीति


कांग्रेसलाई सम्झाउँदै सभामुखले भने : सदनमा अवरोध हुँदा जनताको आवाज रोकिन्छ

कांग्रेसलाई सम्झाउँदै सभामुखले भने : सदनमा अवरोध हुँदा जनताको आवाज रोकिन्छ

फाइल तस्बिर


नेपालखबर
चैत २७, २०८० मंगलबार १३:२३, काठमाडौँ

सभामुख देवराज घिमिरेले सदन अवरोध हुँदा जनताको आवाज रोकिने हुने भन्दै नेपाली कांग्रेसको ध्यानाकार्षण गराएका छन्।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सुरुमै कांग्रेसको तर्फबाट सचेतक सुशिला थिङले सम्बोधन गरिन्।

उनले बोलिसकेपछि सभामुखले रास्वपाका सांसद मनिष झालाई समय दिएका थिए।

तर, झाले सम्बोधन गर्नुअघि नै कांग्रेसका सांसदहरूले अवरोध गरे। त्यस क्रममा सभामुख घिमिरेले सदनमा अवरोध नगर्न कांग्रेसका सांसदहरुलाई पटक पटक ध्यानाकार्षण गराए।

‘सदनमा अवरोध हुँदा एउटा जनताको आवाज रोकिन्छ। अहिले देशमा आगजनीको कारण र विभिन्न घटना भएर कर्फ्यु लागेको छ। अनेक विसंगति र समस्याका कुरा आइरहेका छन्। यी कुरामा सदनमा छलफल गरौँ भन्न अवरोध हटाउने वातावरण बनाउनु पर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .