राजनीति


कांग्रेसपछि राप्रपाले पनि गर्‍यो गृहमन्त्रीको विरोध, माग्यो राजीनामा

कांग्रेसपछि राप्रपाले पनि गर्‍यो गृहमन्त्रीको विरोध, माग्यो राजीनामा

तस्बिर : सरोज बैजु


नेपालखबर
चैत २७, २०८० मंगलबार १५:५२, काठमाडौँ

नेपाली कांग्रेसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ।

४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको राप्रपाले मंगलबार काठमाडौंमा जनप्रदर्शन गरेको छ।

भृकुटीमण्डपबाट सुरु प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि बढेपछि निषेधित क्षेत्र भन्दै प्रहरीले हस्तक्षेप गरेको थियो।

त्यसक्रममा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितका नेता-कार्यकर्ताहरू पक्राउ परेका छन्।

‘गृहमन्त्रीलाई चेतावनी दिएर भन्न चाहन्छु, हामीले यो दिनलाई सम्झनामा राख्ने छौँ’, प्रदर्शनलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘आजबाट गृहमन्त्रीको राजीनामाको माग पनि थपेर लैजान्छौँ। आजबाट ४० बुँदेमा एक बुँदा थपियो।’

लिङ्देनले प्रदर्शनमा सहभागीहरूलाई बानेश्वर गएर आमसभा गर्नसमेत आह्वान गरेका छन्। प्रहरीले प्रदर्शनमा दमन गरेको भन्दै अध्यक्ष लिङ्देन गृहमन्त्रीसँग आक्रोशित छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .