ad ad

राजनीति


सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई अगाडि बढाउने एकीकृत समाजवादीको निर्णय

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई अगाडि बढाउने एकीकृत समाजवादीको निर्णय

फाइल तस्बिर : जगन्नथ खतिवडा


नेपालखबर
बैशाख ५, २०८१ बुधबार १५:०, काठमाडौँ

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादीको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि अघि सार्ने निर्णय गरेको पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नथ खतिवडाले जानकारी दिए। 

पार्टीको १०औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल गर्न सचिवालयको बैठक अहिले पनि जारी रहेको उनले बताए। 

यसअघि सत्ता गठबन्धनका दलबीच सुदूरपश्चिमको मुख्यमन्त्री पद एकीकृत समाजवादीलाई दिने निर्णय भइसकेको छ। 

तर एकाएक एमालेले बोली फेरेपछि सोडारी मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखको कार्यालय जाने कार्यक्रममा ढिलाइ भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .