राजनीति


राष्ट्रभाषामा महाधिवेशनको प्रचार प्रसार गर्दै जसपा

राष्ट्रभाषामा महाधिवेशनको प्रचार प्रसार गर्दै जसपा

नेपालखबर
बैशाख २०, २०८१ बिहिबार १४:३५, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपालले विभिन्न राष्ट्रभाषामा आसन्न राष्ट्रिय महाधिवेशनको प्रचार प्रसार गरिरहेको छ। सबैलाई पहिचान सबैलाई सम्मान गर्ने उद्देश्यले राष्ट्रभाषालाई प्रचार प्रसारमा प्रयोग गरिएको पार्टी प्रवक्ता पूर्ण बस्नेतले जानकारी दिए। 

पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभागले ब्यानर, पोष्टर, स्टिकरलगायतका सामग्रीहरु नेपाली, अङ्ग्रेजी, मैथिली, भोजपुरी, अवधी, मगर, लिम्बू, शेर्पा, नेपालभाषालगायतका राष्ट्रभाषामा तयार गरी प्रचार प्रसार गरिराखिएको उनले बताए।
 

जसपाले एकताको प्रथम राष्ट्रिय महाधिवेशन कार्यतालिका बमोजिम सार्वजनिक गरेको छ।

जसअनुसार सङ्गठित पार्टी सदस्यको नामावली सार्वजनिक गरी आएका उजुरीउपर छानबिन गरी वैशाख २६ गते अन्तिम नामावली सार्वजनिक गर्ने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .