राजनीति


बालेन्द्रलक्षित ओलीको टिप्पणी– सुकुम्बासीलाई हेप्ने, तर्साउने र थर्काउने काम नगरौँ

बालेन्द्रलक्षित ओलीको टिप्पणी– सुकुम्बासीलाई हेप्ने, तर्साउने र थर्काउने काम नगरौँ

फाइल तस्बिर


नेपालखबर
बैशाख २०, २०८१ बिहिबार १७:५९, काठमाडौँ

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुकुम्बासी बस्ती भत्काउने काम नगर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरेका छन्। 

भूमि अधिकार तथा श्रमिक संगठन नेपालले काठमाडौंको लोकतन्त्रमा सुकुम्वासीमाथि जथाभावी गर्न नमिल्ने उल्लेख गर्दै उनीहरुलाई आवासको व्यवस्था गर्न काठमाडौं महनगरपालिकालाई सुझाव दिए। 

‘समस्या समाधानमा सुकुम्बासी कहिल्यै पनि बाधक हुँदैन। सुकुम्बासीमाथि ज्यादति ग¥यो भने अनि सुकुम्बासीहरू त्यसको प्रतिरोधमा उत्रिन्छन्,’ ओलीले भने, ‘कहीँ हेप्ने मानिस भेटिएन। अनि, सुकुम्बासीलाई हेप्ने ? कहीँ हेप्ने मानिस भेटिएन, थर्काउने, तर्साउने कहीँ भेटिएन अनि छाप्रामा गएर सुकुम्बासीको लालाबाला तर्साएर कुुन बहादुर हुन्छ? त्यसकारण त्यतातिर होइन, समस्या समाधानतर्फ लागौँ।’

काठमाडौँ महानगरपालिकाले लालपूर्जा नभएको भन्दै सुकुम्वासी बस्तीहरु डोजर लगाएर हटाउने कामलाई मेयर बालेन्द्र साहले निरन्तरता दिईरहेका बेला ओलीले सो बस्तीमा भत्काउने अभियान नभई निर्माणको अभियान सुरु गर्नुपर्ने बताए। 

‘सुकुम्बासी बस्ती हटाउनु मात्रै होइन, जथाभावी गर्ने हो भने त  के भयो र। सुकम्बासीहरूलाई लखेटी दिए भयो। मारिदिए भयो। जे पनि गर्ने हो भने। तर जे पनि गर्न मिल्दैन लोकतन्त्रमा। त्यसको व्यवस्थापन गर्नुपर्छ। समस्या समाधान गर्नुपर्छ। जहासुकै जाउ, जेसुकै गर, खाए खाउ, नखाए मर भन्ने सरकार हुँदैन,’ उनले भने। 

मेयर साहलाई सुकुम्वासीमाथि ज्यादति नगर्न सचेत गराउँदै कहीँ हेप्ने मानिस नभेटेपछि उनीहरुलाई हेप्ने? भनि प्रश्न पनि गरे। 

सुकुम्बासीहरूको समस्या समाधानतर्फ तीन तहकै सरकार लाग्नुपर्ने ओलीको भनाई थियो। उनले आफूले सरकारसँग सो समस्या समाधानका लागि गम्भिरतापूर्वक छलफल गरिरहेको पनि बताए।
‘जनताप्रति उत्तरदायित्व नलिने, अनुतरदायी, गरिव भनेको देख्न नसक्ने, सुकुम्बासी देख्नै नहुने, अनि मैले पोहोर, परारको साल पनि भनेको थिँए–सुकुम्वासीका प्लाष्टिक हालेका छाप्रा छन्। भत्काउन जान्छ डोजर। सुकुम्बासीका प्लास्टिकका छाप्रा भत्काउन डोजर जानुपर्छ? कर्कला फाँड्न बञ्चरो लिएर जाने? सुकुम्वासीको समस्या समाधान गर्नुप¥यो,’ ओलीले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .