राजनीति


उपेन्द्रले बोलाए आफ्ना सांसदको बैठक

उपेन्द्रले बोलाए आफ्ना सांसदको बैठक

तस्बिर : सराेज बैजु


नेपालखबर
बैशाख २५, २०८१ मंगलबार ९:४७, काठमाडौँ

अमेरिकाबाट फर्किएपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्ना सांसदहरुलाई छलफलका लागि बोलाएका छन्।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यावले पार्टी विभाजन हुँदा आफ्नो साथमा रहेका चार सांसदलाई छफललका लागि बोलाएका हुन्।

जसपाका सांसद प्रकाश अधिकारीले अध्यक्ष यादवले आज छलफलका लागि आफूहरुलाई बोलाएको जानकारी दिए। 

‘अध्यक्षले छलफलका लागि बोलाउनु भएको छ,’ नेपालखबरसँग उनले भने, ‘उहाँसँग आजै हाम्रो छलफल हुन्छ। तर, कति बजे बैठक बस्ने भन्नेबारे यकिन भैसकेको छैन।’

जसपाका प्रवक्ता मनिष सुमनले भने आज बैठक बस्ने नबस्ने यकिन नभएको बताए। ‘उहाँ (अध्यक्ष उपेन्द्र यादव) बिहान ३ बजे आइपुग्नु भएको छ। आराम पनि गर्नु पर्छ नि,’ उनले भने, ‘आज संसदीय दल वा अन्य कुनै बैठक बस्ने भन्ने विषय प्राथमिकतामा छैन।’

यादव अमेरिका भ्रमणमा रहेकै बेला आइतबार जसपाका १२ मध्ये सात सांसदले उनको साथ छाडेका छन्। विभाजनपछि गठन भएको जनता समाजवादी पार्टीको नेतृत्व अशोक राईले गरेका छन्। उनको पक्षमा सात जना सांसद छन्। 

जसपा विभजन हुँदा अशोककुमार राई, नवलकिशोर साह, रञ्जु ठाकुर, हसिना खान, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ र प्रदीप यादवले उपेन्द्रलाई  छाडेका छन्।

अब उपेन्द्रकाे पक्षमा जसपाका दीपक कार्की, प्रकाश अधिकारी, राजकिशोर यादव र रेखा यादव मात्रै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .