राजनीति


फुटेर जाने समूह सरकारबाट बाहिरिन सक्छ, हामी यथावत् रहन्छौँ : मनीष सुमन

फुटेर जाने समूह सरकारबाट बाहिरिन सक्छ, हामी यथावत् रहन्छौँ : मनीष सुमन

फाइल फोटो


नेपालखबर
बैशाख २५, २०८१ मंगलबार १६:५७, काठमाडौँ

पार्टी विभाजनको मारमा परेको जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री समेत रहेका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच मंगलबार बिहान बालुवाटारमा भेटवार्तामा पनि सरकारलाई दिइएको समर्थनलाई निरन्तरता दिने निष्कर्षमा पुगिएको पार्टीका प्रवक्ता मनिष सुमनले बताए।

उनले सरकारमा आफूहरु रहेको र त्यसलाई निरन्तरता दिएर जाने बताए। वर्तमान सत्ता गठबन्धनको जग आफूहरुले बनाएकाले पनि सरकारलाई निरन्तरता दिने कुरामा आफूहरु प्रतिवद्ध रहेको प्रवक्ता सुमनको भनाई थियो।

उनले पार्टीबाट फुटेर गएकाहरुले बरु सरकारबाट हट्न सक्ने जिकिर गरे।

उनले भने, ‘फागुन ११ गते १० बुँदे एउटा कागजमा ४ पार्टीले एउटा हस्ताक्षर गरेर जग हालेका छौँ। त्यही गठबन्धन अहिलेसम्म चलिरहेको छ। ७ जना सांसदहरुले हाम्रो पार्टी फुटाउँछौ भनेर गए। फुटाएर गए। हामी त सँगै छौं। हामी सरकारसँगै छौं। बरु फुटेर जानेहरु टुट्न सक्छन्। हामी त छँदैछौं।’

अध्यक्ष यादवले पार्टीका ७ जना सांसदहरुले जनता समाजवादी पार्टी नामक नयाँ दल गठन गरेपछि उत्पन्न परिस्थितिबारेबारे मंगलबार ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा पार्टीका नेता, कार्यकर्ताहरुसँग अनौपचारिक छलफल गरिरहेका छन्।

प्रवक्ता सुमनले वैशाख २६ गते (भोलि) बुधबार बिहान ११ बजे पार्टीमा विभाजनपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन सो पार्टीले पत्रकार सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .