राजनीति


कक्षा १२ को प्रश्नपत्र आउट गर्ने ४ जना पक्राउ

कक्षा १२ को प्रश्नपत्र आउट गर्ने ४ जना पक्राउ

नेपालखबर
बैशाख २७, २०८१ बिहिबार १५:५०, काठमाडौँ

कक्षा १२ को प्रश्नपत्र आउट गरेर हल गरिरहेका ४ जना उत्तरपुस्तिका सहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौंको कामनपा–६ सरस्वतीनगर कपन बस्ने वर्ष ३८ को माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका –८ बस्ने वर्ष १९ को सबिन पौडेल, कागेश्वरी मनहरा बस्ने वर्ष २० को सितेश कुमार यादव र कागेश्वरी थली बस्ने बस्ने वर्ष २३ को रोशन रानाभाट रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

वैशाख २६ गते बिहान ८ देखि १० बजेसम्म कक्षा १२ को कम्प्युटर साइन्स को परीक्षा चलिरहेको समयमा उक्त विषयको प्रश्नपत्र आउट गरी शंकास्पद रुपमा काठमाडौं महानगरपालिका–६ स्थित वेलकम पार्टी प्यालेसको हलमा उनीहरुले अनाधिकृत रुपमा परीक्षा दिएको पाइएको छ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयबाट जारी भएको मूल उत्तर पुस्तिकामा सम्बन्धित विषयको नै उत्तर हल गरिरहेको अवस्थामा उक्त पार्टी प्यालेसबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

उनीहरुमाथि शिक्षा ऐन, २०२८ बमोजिम जिल्ला प्रहरी परिसर, काठमाडौंबाट थप गरी अनुसन्धान भई रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .