राजनीति


सुहाङलाई ओलीको प्रशिक्षण– विम्ब प्रयोग गर्दा ध्यान दिनू, सभामा संयमित बन्नू

सुहाङलाई ओलीको प्रशिक्षण– विम्ब प्रयोग गर्दा ध्यान दिनू, सभामा संयमित बन्नू

नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार १३:४०, काठमाडौँ

आज (वैशाख २८) बाट संसद्को बजेट अधिवेशन सुरु हुँदै छ। दिउँसो २ बजेबाट सुरु हुने संसद् बैठकअघि दलहरूले आ–आफ्ना सांसदलाई प्रशिक्षण दिएका छन्। 

यसै क्रममा नेकपा एमालेको संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित ल्होत्से हलमा जारी छ। एमाले संसदीय दलमा आजबाट नयाँ अनुहार पनि थपिएका छन्। 

उनी हुन्– सुहाङ नेम्बाङ।

सुहाङ इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्। आज संसद्को बजेट अधिवेशनको पहिलो दिन हो। यही दिन सुहाङको पनि सदन प्रवेशको पहिलो दिन बन्दै छ। 

सुहाङ सहभागी संसदीय दलको बैठकको सुरुमा अध्यक्ष ओलीले उनलाई केही संसदीय आचरणका विषयमा प्रशिक्षण दिएका छन्।

‘अरू कसैलाई केही भन्नु छ भने सरकार वा प्रधानमन्त्रीलाई भन्दा पनि सम्माननीय अध्यक्ष वा सभाुमखजीमार्फत् मात्रै भनिन्छ। नयाँ साथीहरू आएको कारणले सिकाएको मात्रै हो,’ उनले भने। 

साथै, उनले विम्ब प्रयोग गर्दा ध्यान दिनुपर्ने, आकर्षक तरिकाले नयाँ विषयको प्रस्तुति दिनुपर्ने लगायका कुरा अघि राखे। संसदीय दलको बैठकमा सुहाङ पहिलो लाइनमा बसेर ओलीका कुरा सुनिरहेका थिए।

‘अघिपछि आउँदा जाँदा पालो दिने गरिँदैन,’ उनले भने, ‘सभाको प्रमुख व्यक्ति आउँदा उठ्ने गरिन्छ।’

उनले थपे, ‘सभामुखतिर पिठ्यूँ पारेर सभा चलिरहेका बेला बोल्ने असभ्यताभित्र पर्छ, यस्तो गर्नै हुँदैन।’ सभामुखको आसनमा जो सुकै भएको बेला सभामुलाई पृष्ठभागमा पार्न नहुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .