राजनीति


शीर्ष नेता बोल्ने कुरामा कांग्रेस असहमत, सभामुखसहित दलहरू छलफलमा

शीर्ष नेता बोल्ने कुरामा कांग्रेस असहमत, सभामुखसहित दलहरू छलफलमा

नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार १५:३७, काठमाडौँ

सभामुख देवराज घिमिरेले दुई चरणमा दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन्। आजबाट सुरु हुने बजेट अधिवेशनअघि सभामुख देवराज घिमिरेले दलका प्रतिनिधिसँग छलफल गरेका हुन्। 

यसअघिदेखि नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि उठेका प्रश्नको जवाफ माग गर्दै संसदीय छानबिन समिति पनि बनाउनुपर्ने माग राख्दै आएको थियो। 

कांग्रेसले आजै बसेको संसदीय दलको बैठकबाट गृहमनत्री लामिछानेलाई संसद्मा बोल्ने निर्णय पनि गरेको थियो। 

सभामुख घिमिरेको सचिवालयका अनुसार सचेतक र प्रमुख सचेतकको छलफलमा कांग्रेसले आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरू बोल्ने कार्यक्रम कार्यसूचीमा प्रवेश गराउन मानेको छैन। 

‘कांग्रेसले बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरुलाई बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न दिन सहमति जनाएन,’ सभामुखको सचिवालयले भन्यो। 

अहिले नेताहरू आ–आफ्ना शीर्ष नेताहरूसँग छलफलमा जुटेका छन्। यसपछि पुनः बैठक बस्ने र त्यसपछि मात्रै कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .