राजनीति


रविलाई गगनको प्रश्न– किन डराएको? किन आत्तिएको?

रविलाई गगनको प्रश्न– किन डराएको? किन आत्तिएको?

नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार १६:२०, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले संसदीय छानबिन समिति बनाउन किन डराएको? भन्दै प्रश्न गरेका छन्। 

शुक्रबार संसद्को बजेट अधिवेशनको सुरुवातमा समय लिएर बोल्दै थापाले कहिले प्रधानमन्त्री र कहिले प्रहरीलाई बोल्न लगाएर गृहमन्त्री रवि लामिछाने डराएको बताए। 

‘सहकारीको ठगीका सन्दर्भमा यो संसद्ले छानबिन समिति बनाओस्। यो समिति बनाउँदै गर्दा त्यसबाट सबै दलहरू बस्ने होला, ढिकिजाँतो तपाईंहरूकै हातमा होला,’ उनले भने, ‘समिति बनाइदिए हुन्थ्यो भन्ने लाग्छ, किन डराएको? किन भागेको? कहिले प्रहरीलाई बोल्न लगाएको छ, कहिले प्रधानमन्त्रीलाई बोलाएको छ। किन डराएको? किन आत्तिएको?’

उनले छानबिन समिति बनाएर अघि बढ्दा आफूहरू हेरेर बस्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .