राष्ट्रिय सभाका सदस्य डाक्टर अन्जान शाक्यले सामाजिक मूल्य, मान्यतासँगै सांस्कृृतिक सभ्यता, इतिहास र पूर्खाका गौरवलाई ध्यान दिनुपर्ने उल्लेख गरेकी छन्। राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित भएपछि पहिलो पटक सम्वोधन गर्दै शाक्यले यस्तो उल्लेख गरेकी हुन्।
‘यि कामहरुमा आफ्नो योगदान दिनका लागि म यस संसदमा आफ्नो प्रयास अगाडि बढाउने छु,’ उनले भनिन्, ‘मैले यो गरिमामय जिम्मेवारी प्राप्त गर्नु अनि कूटनीतिक र व्यवस्थापनका क्षेत्रमा गरेका अनुभवहरुलाई समेत आत्मसाथ गर्दै सांसदको हैसियतले देश र जनताको पक्षमा बढीभन्दा बढी सकरात्मक ढंगले उपलब्धि हुने गरी आफूलाई समर्पित गर्ने प्रतिवद्धता व्यक्त गर्दछु।’
उनले अहिले पनि निरपेक्ष गरीबीको रेखामुनी रहनेको संख्या ठूलो रहेको भन्दै भोकमरी र अभावको जिन्दगी बाँच्न विवश हुनु आजको विकास र सभ्यताको उपहास भएको उल्लेख गरिन्।
शाक्यले देशको विकास गर्नका लागि ति जनआकाक्षां पूरा गर्न अझै बाँकी रहेको पनि उल्लेख गरिन्।
उनले समाजका सबै क्षेत्रहरु, बालबालिका, महिला, एकल महिला, पछाडि परेका समुदायहरु, जेष्ठ नागरिकहरु, अपाङ्गता भएका व्यक्तिहरु समेत सबैको हेरचाह गर्नुपर्नेमा पनि जोड दिइन्। मानवअधिकारसँगै संविधानले व्यवस्था गरेका सबै मौलिक अधिकारहरु र तिनका प्रत्याभूति गरिनु पर्नेमा पनि जोड दिइन्।
‘सँगसँगै देशको सार्वभौमसत्ता, स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय हितको रक्षा र सम्वद्र्धन गर्नुपर्दछ,’ उनले भनिन्, ‘हामीले, हामी नेपाली भन्ने राष्ट्रियताको भावना जगाउनु पर्छ।’
Shares
प्रतिक्रिया