ad ad

राजनीति


केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक टुंगोमा पुर्‍याउने गरी जुटेका छौँ : मन्त्री गिरी

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक टुंगोमा पुर्‍याउने गरी जुटेका छौँ : मन्त्री गिरी

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १५:३१, काठमाडौँ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधन परेका मन्त्रालयसँग छलफल सुरु गरेका छन्। 

बिहीबार मन्त्रालयमा मन्त्री गिरीले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विषयगत रुपमा छलफल गरेका हुन्। छलफलका क्रममा उनले विधेयकमा सहमति जुट्न नसकेका मन्त्रालयका मन्त्रीहरूसँग छलफल गरेको बताए।

उनले १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरूमा संसदको समितिमा सहमति नजुटेकाले सोही विषयमा छलफल गरेको बताए।

‘हामी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको छलफलको क्रममा छौँ। संसदको समितिमा यस विषयमा छलफल हुने क्रममा माननीयज्युहरूको बीचमा जति विषयमा जति मन्त्रालयका संशोधनरूमा सहमति जुट्यो त्यो सहमतिबाट नै अघि बढिसकेको अवस्था छ,’ उनले भने, ‘जुनजुन मन्त्रालयको सम्बन्धित विधेयकमा सहमति जुट्न सकेको अवस्था छैन, त्यस सम्बन्धमा छलफल गर्न सम्बन्धित मन्त्रालयका सचिव ज्यु, मन्त्रीज्युहरु र मन्त्रालयका प्रतिनिधिलाई बोलाएर छलफल गरेका छौँ।’

उनले छिटै छलफललाई टुंग्याएर केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंगोमा पुर्‍याउने गरी काममा जुटेको पनि बताए।

‘त्यसमा कुन कुन मन्त्रालयले परेका संशोधनहरुमा वर्न गर्ने वा नगर्ने भन्नेबारेमा छलफल चलिरहेको छ। १० वटा मन्त्रालयसँग सम्बन्धित विधेयकहरुमा संसदको समितिमा सहमति जुटि नसकेको हुनाले १० वटा मन्त्रालयका मन्त्रीज्युहरु र पदाधिकारीहरुसँग छलफलमा छौँ। छिटै नै यो छलफललाई टुंग्याएर केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई टुंगोमा पु¥याउने गरी काममा जुटेका छौँ,’ उनले भने।

मन्त्री गिरीले सरकारले संसदमा केही नेपाल ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न लागेको र सो विधेयकमा समावेश भएका विषयसँग सम्बन्धित मन्त्रीसँग छलफल गरेको पनि बताए।

मन्त्री गिरीले श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा र ऊर्जा, जलस्रोत र सिंचाईमन्त्री शक्ति बस्नेतसँग छलफल गरेका हुन्। आज नै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादव र खानेपानीमन्त्री राजेन्द्रकुमार राईसँग पनि छलफल गर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .