ad ad

राजनीति


पराराष्ट्रमन्त्री श्रेष्ठ इरान जाँदै, विदेशी नेताहरू भेट्ने

पराराष्ट्रमन्त्री श्रेष्ठ इरान जाँदै, विदेशी नेताहरू भेट्ने

फाइल तस्बिर


नेपालखबर
असार ८, २०८१ शनिबार १५:५२, काठमाडौँ

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ इरान जाँदै छन्। 

परराष्ट्र मन्त्रालयका अनुसार उनी '१९ औं एशिया कोपरेशन डाइलग'को विदेशमन्त्री स्तरीय बैठकमा भाग लिन त्यहाँ जान लागेका हुन्। 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ शनिबार साँझ ६ बजे इरान प्रस्थान गर्नेछन्।

उक्त बैठकको साइडलाइनमा उनले  विभिन्न देशका परराष्ट्र मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले बताएको छ।

त्यस्तै परराष्ट्र मन्त्रालयका उपसचिव ज्ञानबहादुर मगरले वरिष्ठ अधिकारीको बैठकमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

परराष्ट्रमन्त्री श्रेष्ठ असार १२ गते नेपाल फर्किनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .