ad ad

राजनीति


रास्वपाको कोटाबाट राजदूत बन्न १०० को आवेदन, आइतबार नाम सिफारिस हुने

रास्वपाको कोटाबाट राजदूत बन्न १०० को आवेदन, आइतबार नाम सिफारिस हुने

फाइल तस्बिर


नेपालखबर
असार १२, २०८१ बुधबार १७:२८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोटाबाट राजदूत बन्न १०० जनाले आवेदन दिएका छन्। 

आवेदन खुला गरेको तीन दिनमै १०० जनाले आवेदन दिएको रास्वापका नेता शिशिर खनालले जानकारी दिए। उनका अनुसार विभिन्न क्षेत्रमा आवद्धहरुले राजदूत बन्न इन्छा जाहेर गरेका छन्।

‘शुक्रबारसम्म प्रक्रियामा रहन्छ,’ उनले भने, ‘त्यसपछि शनिबार केही होमवर्क गरेर आइतबारसम्ममा हामी नाम सिफारिस गर्ने तयारीमा छौं।’

रास्वापले सोमबार राजदूतका लागि अनलाइन आवेदन खुला गरेको थियो।

राजदूत नियुक्तिका  रास्वपाले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .