ad ad

राजनीति


देउवाले बोलाए पदाधिकारी बैठक

देउवाले बोलाए पदाधिकारी बैठक

नेपालखबर
असार १६, २०८१ आइतबार १४:४९, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन्।

सोमबार दिउँसो ३ बजे बूढानीलकण्ठस्थित आफ्नै निवासमा बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले नेपालखबरलाई जानकारी दिए।

बैठकमा पछिल्लो समसामयिक राजनीतिकाबारे छलफल हुने उनले बताए। त्यस्तै, बैठकमा केन्द्रीय समिति बैठक, भातृ संगठनका पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ।

‘हिजो १५ गतेबाट भातृ संस्थाको म्याद सकिएको छ। अरु समसामयिक राजनीतिकाबारेमा पनि छलफल भइहाल्छ,’ उनले भने। 

यसैबीच सभापति देउवाले सत्तारुढ मुख्य घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शनिबार दिउँसो झण्डै तीन घण्टा छलफल गरेका थिए।

सो छलफललगत्तै देउवाले आइतबार बैठक बोलाएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .