ad ad

राजनीति


मुकुल ढकालको प्रतिवेदन पार्टीले ग्रहण गरेको छैन : रास्वपा

मुकुल ढकालको प्रतिवेदन पार्टीले ग्रहण गरेको छैन : रास्वपा

नेपालखबर
असार १९, २०८१ बुधबार २०:१३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकालको प्रतिवेदन पार्टीले ग्रहण नगरेको स्पष्ट पारेको छ।

बुधबार केन्द्रीय समितिको बैठक बहिष्कार गरेर हिँडेका महामन्त्री मुकुल ढकालको प्रतिवेदन सभापति रवि लामिछानको ‘सदासयता’मा वाचन मात्र गरिएको सांसद तथा नेता सन्तोष परियारले बताए।

बुधबार साँझ रास्वपाले आयोजना गरेकाे पत्रकार सम्मेलनमा परियारले भने, ‘स्मरण रहोस् त्यो (प्रतिवेदन) राष्ट्रिय स्वतन्त्र पार्टीको डकुमेन्ट होइन। त्यो महामन्त्रीले लेखेको र हामीले छलफल चलाएको डकुमेन्ट हो। त्यो वन (ग्रहण) गरेको छैन।’

यस्तै नेता मनिष झाले पनि प्रतिवेदन स्वीकार नगरेको बताए।

उनले भने, ‘उहाँले लेखेको प्रतिवेदन एउटा पाटो हो। व्यवहार अर्को पाटो हो। यसरी छुट्याएर हेर्नुपर्छ। प्रतिवेदन हामीले सांगठनिक रुपमा स्वीकार गरेका छैनौँ। छलफल मात्र गरेको हो।’

बैठकमा पट्टी बाँधेर बसेका महामन्त्री ढकालले ल्याएको प्रतिवेदन कविन्द्र बुर्लाकोटीले वाचन गरेर सुनाएका थिए। तर त्यसलाई पार्टीले ग्रहण भने नगरेको उनको भनाई थियो।

उनले महामन्त्री ढकालका गतिविधि अराजक र अनुशासनहीन भएको भन्दै पार्टीले आवश्यक कारबाही गर्ने चेतावनीसमेत दिए।

बैठकमा बोल्न नपाएको र अभिव्यक्ति स्वतन्त्रता हनन् भएको भन्दै पट्टी बाँधेर बसेका ढकालले आफूमाथि ‘ह्रर्यासमेन्ट’ गरिएको सञ्चारकर्मीसँग बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .