ad ad

कला


प्रभासले अगस्ट १० बाट ‘सलार- २’ को सुटिङ गर्ने

प्रभासले अगस्ट १० बाट ‘सलार- २’ को सुटिङ गर्ने

फाइल तस्बिर


नेपालखबर
असार २०, २०८१ बिहिबार १३:३, काठमाडौँ

यतिखेर दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ सिनेमाहलमा प्रदर्शनरत छ। फिल्मले आक्रामक व्यापार गरेसँगै मुख्य अभिनेता प्रभास सफलताको स्वाद चाखिरहेका छन्। 

यसअघि प्रभासले प्रशान्त नीलसँग फिल्म ‘सलार’ मा देखिएका थिए। जुन फिल्मले विश्वभरिबाट निकै राम्रो कमाइ गरेको थियो।

यसैबीच, ‘सलार’ को दोस्रो पार्टको छायाङ्कन सुरु हुने खबर बाहिरिएको छ। पिंकभिलाको रिपोर्ट अनुसार सालार २ को छायांकन अगस्ट १० बाट सुरु हुनेछ। यसको १५ दिनको सेड्युल रामोजी फिल्म सिटीमा हुनेछ। 

सन् २०२५ को अन्त्यसम्ममा सलारको सिक्वेल रिलिज गर्ने होम्बाले योजना बनाएकाले ८ महिनामा सुटिङ सकिनेछ। फिल्मका निर्देशक प्रशान्त नीलले प्रभास र पृथ्वीराज सुकुमारनसँगको सिक्वेलको २० प्रतिशत सुटिङ गरिसकेका छन्।

प्रभास, पृथ्वीराज र होम्बले सलार २ को बारेमा धेरै विश्वस्त छन्, उनीहरूलाई सिक्वेलमा पूर्ण विश्वास छ। सिक्वेलको सम्पूर्ण कथानक महामारीको समयमा नै लेखिएको थियो, जसमा वास्तविक नाटक र राजनीति देख्न सकिन्छ।

‘सलार’ मा प्रभाससहित पृथ्वीराज सुकुमारन, बबी सिम्हा, श्रुति हासन, जगपति बाबु, श्रिया रेड्डी जस्ता कलाकारहरु मुख्य भूमिकामा देखिएका थिए। ‘सलार २’ बाहेक प्रभास सन्दीप रेड्डी वांगाद्वारा निर्देशित स्पिरिटमा पनि देखिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .