ad ad

राजनीति


अहिलेको सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्छ : माधव नेपाल

अहिलेको सरकारले संसद्को सामना गर्ने आँट गर्नुपर्छ : माधव नेपाल

नेपालखबर
असार २१, २०८१ शुक्रबार १२:१९, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले संसदको सामना गर्ने आँट गर्नुपर्ने बताएका छन्। 

शुक्रबार महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू अहिलेको सरकारमा कायम रहेको उल्लेख गर्दै यस सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्ने बताए।

‘हामी अहिलेको यो सरकारमा कायम रहेका छौँ। यो सरकारले संसदको सामना गर्ने आँट राख्नुपर्छ,’ उनले भने।

उनले पार्टीहरू बीचको सम्बन्धलाई कायम राख्न आवश्यक रहेको बताउँदै अध्यक्ष नेपाललेसबै राजनीतिक दलहरुले संसदलाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्ने उल्लेख गरे।

‘हाम्रो पार्टीहरुको बीचको सम्बन्धलाई कायम राख्नुपर्छ। सबै राजनीतिक दलहरुले संसदलाई बलियो बनाउनका लागि र अहिलेको परिपाटीलाई बचाउन, जोगाउनका लागि मिलेर अघि बढ्नुपर्छ। हामी लोकतन्त्र, गणतन्त्र, संविधानको रक्षा गर्न, परिवर्तनको गतिलाई तिब्र बनाउन सकारात्मक भुमिका निर्वाह गर्नेछौँ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .