राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ।
आइतबार बिहान ११ बजे रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा बैठक बस्न लागेको हो।
प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनको लागि प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।
त्यसअघि संसदीय दलको बैठक बस्न लागेको रास्वपा सचेतक निशा डाँगीले जानकारी दिइन्।
सदनमा प्रतिपक्षी दलको भूमिकामा रहन लागेको पार्टीले आफ्नो प्रभावकारिताका बारेमा पनि छलफल गर्ने उनले बताइन्। प्रतिनिधिसभामा रास्वपाका उप सभामुखसहित २१ जना सदस्य छन्।
39
Shares
प्रतिक्रिया