नेकपा एमालेले सातै प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ।
बिहीबार बसेको पार्टी सचिवालय बैठकले सातवटै प्रदेशमा इन्चार्ज हेरफेरको निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।
उनका अनुसार, कोसीको इन्चार्जमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा गोरख बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट तोकिएका छन्।
भट्ट यसअघि कर्णाली इन्चार्ज थिए। गृह प्रदेशमै पठाउने पार्टीको नीतिअनुसार उनको कार्यक्षेत्र सुदूरपश्चिम तोकिएको हो।
भट्टलाई सुदूरपश्चिम पठाइएपछि कर्णालीको इन्चार्ज गोरखबहादुर बोगटीलाई बनाइएको हो।
यसअघि कोसीमा रघुवीर महासेठ, मधेसमा योगेश भट्टराई, बागमतीमा गुरु बराल, गण्डकीमा गोकर्ण विष्ट र सुदूरपश्चिममा छविलाल विश्वकर्मा इन्चार्ज थिए।
पार्टीले बराललाई उपाध्यक्षमा मनोनीत गरेको छ। यस्तै, स्थायी कमिटी सदस्यमा लीलानाथ श्रेष्ठ र मुकुन्द न्यौपानेलाई मनोनीत गरेको छ।सचिवालय बैठकले १७ जनालाई केन्द्रीय कमिटीमा समावेश गरेको छ।
Shares
प्रतिक्रिया