ad ad

राजनीति


तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धि विधेयक चालु अधिवेशनबाटै पारित हुन्छ : सभामुख घिमिरे

तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धि विधेयक चालु अधिवेशनबाटै पारित हुन्छ : सभामुख घिमिरे

नेपालखबर
साउन १९, २०८१ शनिबार १७:४४, काठमाडौँ

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्वविद्यालयसम्बन्धि विधेयक चालुअधिवेशनबाटै पारित गर्न आफूले सक्दो पहल गरिरहेको बताएका छन्।

डा‍. सन्दुक रुइतले आँखाको क्षेत्रमा कमाएको अन्तर्राष्ट्रिय ख्यातीलाई समेत ध्यानमा राखेर आफूले सो विश्वविद्यालय सम्बन्धि विधेयक संसदमा दर्ता गर्ने काममा पनि सहयोग गरेको र त्यसलाई संसदको चालु अधिवेशनबाटै पारित गराउन पनि आफ्नो प्रयत्नलाई जारी राखेको उनको भनाइ थियो। 

‘मैले आफ्नो ठाउँबाट गर्न सक्ने जति कोशिस गरेर सरकारले पनि त्यसलाई आवश्यक महत्व दिएर उहाँहरूले पनि सम्बन्धित मन्त्रालयदेखि सबै चाहिने ठाउँमा घच्घच्याएर त्यो संसदमा आयो’, उनले भने, ‘संसदमा त्यस विषयमा लगातार छलफल भइरहेको तर राष्ट्रिय सभा अलि खुकुलो र खाली भएको हुनाले त्यसलाई राष्ट्रिय सभामा दर्ता गराएर त्यसले पनि स्वीकार गरेर अहिले समितिमा लगेको छ।’

ताप्लेजुङ सरोकार केन्द्रले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले सो विश्वविद्यालय बनेपछि नेपालले आँखाको क्षेत्रमा अध्ययन, अनुसन्धान लगायतका कामलाई अघि बढाउने कामलाई सहज ढंगले अघि बढाउन सकिने बताए। 

सरकारले पनि सो विधेयकलाई अघि बढाउन महत्व दिएको पनि सभामुख घिमिरेले उल्लेख गरे।

‘समितिमा त्यो पास भयो भने कानुनी रुपमा भएका असजिलाहरूलाई हटाउने र त्यसरी विश्वविद्यालय बनाएपछि नेपाललाई आँखाको क्षेत्रमा अध्ययनलगायत अनुसन्धानको कामका लागि थुप्रै खालको अवसरहरु हुने र कामलाई पनि व्यवस्थित गर्न सकिने कुराहरुमा सम्भव भयो भने यही अधिवेशनमा सम्पन्न गर्न पाए हुन्थ्यो भन्ने मेरो प्रयत्न जारी छ,’ घिमिरेले भने।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .