प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पती हिनामिना नगर्ने बताएका छन्। लायन्स क्लवले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले अहिलेसम्म भ्रष्टाचार नगरेको र अब पनि नगर्ने जिकिर गरे।
गरिवी, अभावले तड्पिएर जनता रोइरहेका बेला आफूले कसरी भ्रष्टाचार गर्नसक्छु भन्दै प्रधानमन्त्री ओलीले प्रतिप्रश्न समेत गरे। जनताले गरिवी र अभाव भोग्नु नपरोस् भन्ने कुरालाई चासोमा राखेर त्यसलाई पूरा गर्नका लागि समृद्ध नेपालः सुखी नेपालीको गन्तव्य तय गरेको तर्क पनि प्रधानमन्त्री ओलीले गरे।
‘गरिवी छ, बालबालिकाहरु खाना नपाएर भोकले तड्पिरहेका छन्, चिन्ताको विषय यो हो,’ उनले भने, ‘म ती बच्चाबच्चीहरुले खाना नपाएर रोएको देख्दा आँखामा आँशु आउँछ। म राष्ट्रको सम्पती, सार्वजनिक सम्पती आफ्नो खल्तीमा सार्नसक्छु ? म सक्दिनँ। त्यसकारण म भ्रष्टाचार गर्दिनँ।’
प्रधानमन्त्री ओलीले गरिवी भोगिरहेका बालबालिकाबारे आफूले राष्ट्रसंघका प्रतिनिधिहरूसँग पनि छलफल गरेको जानकारी दिए। ‘संयुक्त राष्ट्र संघका प्रतिनिधिलाई मैले भने, मेरो सबैभन्दा ठूलो चासोको विषय निरपेक्ष गरिवीको रेखामुनि रहेर, खाना लगाउन नपाएर तड्पीएका बालबालिकाहरु हुन्।’
Shares
प्रतिक्रिया