ad ad

राजनीति


नख्खु कारागारबाट सिंहदरबार झिकाएर तुलसी सहकारीका अध्यक्षसँग सोधपुछ

नख्खु कारागारबाट सिंहदरबार झिकाएर तुलसी सहकारीका अध्यक्षसँग सोधपुछ

नेपालखबर
साउन २६, २०८१ शनिबार २०:२८, काठमाडौँ

सहकारी संस्थाको बचत अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग सोधपुछ गरेको छ। 

नख्खु कारागारमा रहेका शर्मालाई बोलाएर शनिबार दिउँसो बसेको बैठकमा सोधपुछ गरिएको समितिका सभापति एवं सांसद सूर्यबहादुर थापाले जानकारी दिए। 

‘विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको वचत दुरुपयोगमा संलग्न व्यक्तिहरूमध्ये तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग नख्खु जेलबाट समितिको बैठकमा ल्याएर सोधपुछ गरिएको छ,’ थापाले भनेका छन्।

सहकारी ठगीको मुद्दामा जिल्ला  अदालत काठमाडौँको आदेशमा शर्मा विसं २०८० भदौ २० देखि कारागारमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .