नेकपा एमालेले भारतीय कम्युनिस्ट नेता सीताराम येचुरीको अन्तिम संस्कारमा सहभागी हुन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पठाउने भएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको सचिवालय बैठकले पोखरेललाई भारत पठाउने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।
भारतीय कम्युनिस्ट नेता यचुरीको बिहीबार निधन भएको थियो।
उनको अन्तिम संस्कारमा भारतीय प्रवास मञ्चका सदस्यहरू पनि सहभागी हुने बताए।
51
Shares
प्रतिक्रिया