प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारीको रकम दुरुपयोगबारे छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिसँग छलफल गरेका छन्।
शनिबार साँझ सिंहदरबारस्थित संसद सचिवालयमा बसेको बैठकमा सहभागी भएर प्रधानमन्त्री ओलीले समितिले ल्याएको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।
समितिका सभापतिसमेत रहेका नेकपा एमालेका सांसद सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले ठगीमा संलग्न दोषी जोसुकै भए पनि नउम्किने र निर्दोष नफस्ने गरी समितिले छानबिन गरी प्रतिवेदन प्रस्तुत गर्ने विश्वास व्यक्त गरेका थिए।
दिनभरका अन्य कार्यक्रम सकेर साँझ ८ बजे समितिको बैठकमा पुगेका प्रधानमन्त्री ओलीले सरकारले कारबाहीका लागि समितिको प्रतिवेदन कुरिरहेको पनि बताएका छन्।
तस्बिरहरूः
सबै तस्बिरहरू : सभापति सूर्य थापाको फेसबुक
324
Shares
प्रतिक्रिया