नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी रकम अपचलनका लागि बनेको संसदीय छानबिन विशेष समितिले पेस गरेको प्रतिवेदनबारे भ्रम नछर्न रास्वपा कार्यकर्तालाई आग्रह गरेका छन्।
सभापति लामिछानेले ‘क्लिन चिट’ पाएको भन्दै रास्वपाका नेताहरूले सार्वजनिक अभिव्यक्ति दिन थालेपछि महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत दुई सुझाव दिँदै यस्तो आग्रह गरेका हुन्।
‘प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गर्ने’ भन्ने प्रतिवेदनको अंश सार्वजनिक गर्दै उनले सुस्पष्ट निर्णय पढ्न भनेका छन्।
‘क्लिन चिट कि क्लियर चिट? स्पष्ट हुनुहोस्,’ शर्माले भनेका छन्, ‘प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गर्ने, प्रतिवेदनको यो सुस्पष्ट निर्णय पढौँ, भ्रम नछौँ। बरु क्लियर चिट किटान गरेको छ प्रतिवेदनले। चिट को अर्थ– बेइमानी, अंग्रेजीका ज्ञाता मित्रहरू बुझ्नुहुन्छ नै।’
हिजो (सोमबार) समिति सभापति सूर्य थापाले प्रतिनिधि सभा बैठकमा प्रतिवेदन पेस गरेका थिए।
Shares
प्रतिक्रिया