ad ad

राजनीति


पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छ : कार्यवाहक प्रधानमन्त्री सिंह

पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छ : कार्यवाहक प्रधानमन्त्री सिंह

नेपालखबर
असोज ११, २०८१ शुक्रबार १५:२९, काठमाडौँ

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले समृद्धिको मार्गमा अघि बढ्न पर्यटन क्षेत्र नेपालका लागि महत्त्वपूर्ण रहेको बताएका छन्। 

पर्यटन दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा पर्यटन क्षेत्र अर्थतन्त्र चलायमान र मजबुत बनाउनका लागि महत्त्वपूर्ण रहेको बताए। 

‘देशको समृद्धिको मार्गमा अघि बढ्नको लागि शान्ति अति आवश्यक छ। यस वर्षको विश्व पर्यटन दिवसको नारा राख्नुभएको छ, यो एकदम सान्दर्भिक छ। आजको कार्यक्रममा पर्यटनमा आफ्नो जीवन लगानी गर्नुहुनेहरुबाट हामीले धेरै कुरा सुन्ने सुअवसर पायौँ,’ उनले भने, ‘टुरिजम सेक्टर नेपालको कन्टेस्टमा इकोनोमिलाई अफ्लिफ्ट गर्नका लागि इन्जिनको रुपमा यो सेक्टरलाई अझ प्रभावकारी रुपले बढाउन जरुरी छ।’ 

पर्यटन क्षेत्रलाई सरकारले प्रभावकारी रुपमा अघि बढाउने पनि बताउँदै उनले पर्यटन क्षेत्रबाट नेपाली समाजमा दिनसक्ने योगदानलाई अझ व्यवस्थित गरेर अघि बढाउनुपर्ने जिकिर गरे। 

‘राजनीतिक स्थिरता पछि आर्थिक स्थिरता पनि आउँछ भन्छौँ। पर्यटन क्षेत्रबाट नेपाली समाजमा दिनसक्ने योगदानलाई अझ हामीले अघि बढाउन जरुरी छ। समस्याहरूको पहिचान गरी वर्तमान सरकारले समाधान गर्नेछ,’ उनले भने।

कार्यवाहक प्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता दिनका लागि काँग्रेस—एमालेको सरकार बनेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .