ad ad

राजनीति


कार्यकक्षमै गएर राष्ट्रिय सभा अध्यक्षले भेटे समिति सभापतिहरूलाई

कार्यकक्षमै गएर राष्ट्रिय सभा अध्यक्षले भेटे समिति सभापतिहरूलाई

नेपालखबर
असोज ११, २०८१ शुक्रबार १९:४०, काठमाडौँ

राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रिय सभाका समितिहरूको काम कारबाही र व्यवस्थापकीय अवस्थाबारे जानकारी लिएका छन्।

समिति सभापतिहरूकै कार्यकक्षमा पुगेर उनले समितिको बैठक कक्षको अवस्था, व्यवस्थापकीय समस्या, काम गर्दा आइपर्ने अप्ठ्यारा लगायतका विषयमा जानकारी लिएका हुन्।

अध्यक्ष दाहालसँगै राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, सचिव डा. सुरेन्द्र अर्याल लगायतको टोली विधायन व्यवस्थापन समिति सभापति तुलसा कुमारी दाहाल, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति सोनाम गेल्जेन शेर्पा र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापति मायाप्रसाद शर्माको कार्यकक्षमा पुगेको थिए।

सो अवसरमा अध्यक्ष दाहालले समितिका काम कारबाही सञ्चालनमा समस्या आए आफूलाई जानकारी गराउन आग्रह गर्दै समितिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आफूले पहल गर्ने बताए।

भेटमा सभापतिहरूले समिति सञ्चालनका क्रममा कतिपय प्राविधिक तथा व्यवस्थापकीय समस्या चुनौतीका रूपमा आउने गरेको बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .