नेपालका लागि चिनियाँ राजदूत छन सङले प्रधान सेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन्।
राजदूत सङ र प्रधान सेनापति सिग्देलबीच आइतबार सैनिक मुख्यालय, जंगी अड्डामा शिष्टाचार भेटघाट भएको हो।
प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक मुख्यालयले जनाएको छ।
यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जंगी अड्डाको भनाइ छ।
33
Shares
प्रतिक्रिया