ad ad

राजनीति


अमेरिकी दूतावासले गर्‍यो भिसा ‘अपोइनमेन्ट’ रद्द

अमेरिकी दूतावासले गर्‍यो भिसा ‘अपोइनमेन्ट’ रद्द

नेपालखबर
चैत ३, २०७६ सोमबार ६:२०,

फैलिँदो कोरोना भाइरस (कोभिड-१९) का कारण काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा ‘अपोइनमेन्ट’हरु रद्द गरेको छ। दूतावासद्वारा जारी सूचनाअनुसार २०७६ चैत ४ (भोलि) देखि लागू हुनेगरी डइभर्सिटी भिसा (डिभी) तथा गैरआवासीय भिसाका नियमित ‘अपोइनमेन्ट’ रद्द गरिएको हो।

अमेरिकाको भिसा आवेदकहरुले पहिला नै अन्तरर्वार्ताका लागि ‘अपोइनमेन्ट’ लिनुपर्छ। अति जरुरी एवं तुरुन्त यात्राका लागि भिसा आवश्यक भएमा आकस्मिक ‘अपोइनमेन्ट’ लिन दूतावासले अनुरोध गरेको छ।

विशेष अवस्थाका कारण यस्तो निर्णय गर्नुपरेको भन्दै दूतावसको आधिकारिक ट्विटर ह्यान्डलबाट भनिएको छ,  ‘एमआरभी शुल्क जुन मुलुकमा भुक्तानी गरिएको सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .