राजनीति


ओलीलाई योगेशको चेतावनी: हामीसँग प्रतिस्पर्धा गर्न मैदान उत्रिनुभयो भने ‘महापराजय’ हुनेछ

ओलीलाई योगेशको चेतावनी: हामीसँग प्रतिस्पर्धा गर्न मैदान उत्रिनुभयो भने ‘महापराजय’ हुनेछ

एमालेका अध्यक्ष केपी शर्मा ओली र सचिव योगेश भट्टराई (फाइल फोटो)


नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार ८:४५, काठमाडौँ

नेकपा एमालेका सचिव योगेश भट्टराईले अब हुने पार्टीको एघारौँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिस्पर्धामा नउत्रिन आग्रह गरेका छन्।

फेरि पनि अध्यक्ष पदका लागि चुनावी मैदानमा उत्रिए ओलीको ‘महापराजय’ हुने दाबी उनले गरेका छन्। 

‘म अध्यक्षलाई तपाईंमार्फत भन्न चाहन्छु- प्लिज! तपाईंका आफ्ना मान्यताहरूमा उभिनूस् र त्यसलाई फलो गर्नूस्। त्यसो हुनु भो भने लाखौँ, करोडौँ फलोअर्स तपाईंका बढ्छन्। तपाईंको फेसबुक पेजमा त एकै दिन दुईतीन लाख बढ्छन् फलोअर्स। र, हरेक घरघरमा तपाईंको फलोअर्स बढ्ने देखिन्छ, तपाईंको पूजा नै हुन्छ', नेपाल शोलाई अन्तर्वार्ता दिँदै एमाले सचिव भट्टराईले भनेका छन्, ‘तर हामीसँग फेरि प्रतिस्पर्धा गर्न अध्यक्ष उत्रिनुभयो भने मलाई लाग्छ- जित्ने, हार्ने आफ्नो ठाउँमा छ, तर त्यो उहाँको महापराजय हो। यदि हामीसँग प्रतिस्पर्धा गर्न मैदानमा उत्रिनुभयो भने त्यो उहाँको महापराजय हो। म उहाँको पराजय नहोस् भन्ने चाहन्छु। उहाँ जितेरै जानूस्।’ 

यस सन्दर्भमा यस्तो छ योगेशको थप भनाइ-

हाम्रो पार्टी अध्यक्ष पनि स्वेच्छिक अवकाश लिने ठाउँमा पुग्नुभयो। अब एघारौँ महाधिवेशनमा उम्मेदवारी दिनुभयो भने चौथोपटक उहाँको उम्मेदवारी हुन्छ। दिनुभएन भने तेस्रोपटक हुन्छ। उहाँले आफैँले स्थापित गरेका मूल्य मान्यताहरू छन्। ७० वर्षे, दुई कार्यकाल। एउटै क्लासमा पटकपटक परीक्षा दिन्नँ। यस्तै थियो नि त उहाँका भनाइ। ती वास्तवमा एउटा आदर्श व्यक्तित्वकै भनाइ हुन्। म अध्यक्षलाई तपाईंमार्फत भन्न चाहन्छु– प्लिज तपाईंका आफ्ना मान्यताहरूमा उभिनूस् र त्यसलाई फलो गर्नूस्। त्यसो हुनु भो भने लाखौँ, करोडौँ फलोअर्स तपाईंका बढ्छन्। तपाईंको फेसबुक पेजमा त एकै दिन दुईतीन लाख बढ्छन् फलोअर्स। र, हरेक घरघरमा तपाईंको फलोअर्स बढ्ने देखिन्छ, तपाईंको पूजा नै हुन्छ। तर हामीसँग फेरि प्रतिस्पर्धा गर्न अध्यक्ष उत्रिनुभयो भने मलाई लाग्छ– जित्ने, हार्ने आफ्नो ठाउँमा छ, तर त्यो उहाँको महापराजय हो। यदि हामीसँग प्रतिस्पर्धा गर्न मैदानमा उत्रिनुभयो भने त्यो उहाँको महापराज हो। म उहाँको पराजय नहोस् भन्ने चाहन्छु। उहाँ जितेरै जानूस्। 

नेकपा एमालेले ११औँ महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ।

जेनजी आन्दोलनयता एमाले सचिव भट्टराईले पार्टी पुनर्गठनको आवाज उठाउँदै अब ओलीले नेतृत्व त्याग्नुपर्ने मत राखिरहेका छन्। 

यसैबीच ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई रोकेपछि आगामी महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष पदको प्रतिस्पर्धामा उत्रिने भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad