राजनीति


ओलीलाई भेट्न गुण्डु पुगे खनाल

ओलीलाई भेट्न गुण्डु पुगे खनाल

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार २२:२६, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ।

एमाले अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डुमा मंगलबार साँझ दुई नेताबीच भेटवार्ता भएको हो।

दुई नेताबीचको ‘सकारात्मक वार्ता’ भएको एमाले नेता महेश बस्नेतले जानकारी दिएका छन्।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको बहुमत पक्ष माओवादी केन्द्रसहितका दलसँग एकता गर्ने तयारी गरिरहँदा खनाल–ओली छलफल भएको हो।

एकीकृत समाजवादीलाई नै पुनर्गठन गर्ने बताएका खनालले एमालेसँग छलफल अघि बढाएका हुन्।

एकीकृत समाजवादीका नेता किसान श्रेष्ठले पनि खनाल ओलीलाई भेट्न मंगलबार साँझ गुण्डु पुगेको पुष्टी गरे। ओली र खनालबीच सहमति भए आफूहरू खनालकै नेतृत्वमा एमालेमा फर्कने नेपालखबरलाई बताए।

उनले भने, ‘यदी खनाल र ओलीकोबिचमा सहमति भयो भने हामी खनालकै नेतृत्वमा एमालेमा फर्कन्छौं। नभए पनि राष्ट्रिय सभामा कार्यक्रम गरेर ओलीलाई ल्याउँछौँ र एक हप्ताभित्रमा एमालेमा जान्छौँ।’

नेताहरू रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायतले भोलि (बुधबार) बबरमहलस्थित होटल बसेरामा पत्रकार सम्मेलन गरी यसबारे स्पष्ट पार्ने जनाएका छन्।

भोलीको कार्यक्रममा एकीकृत समाजवादीका नेता कार्यकर्तालाई बिनासर्त एमालेमा फर्कन आह्वान गर्ने श्रेष्ठले बताए। यसका लागि सिधै ओलीसँगै वार्ता भइरहेको तर एमालेमा फर्कन निश्चित जस्तै भएको उनले दाबी गरे।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad