राजनीति


विश्वासको मत नपाएपछि मधेसका मुख्यमन्त्रीले दिए राजीनामा, फेरि दाबी गर्ने

विश्वासको मत नपाएपछि मधेसका मुख्यमन्त्रीले दिए राजीनामा, फेरि दाबी गर्ने

नेपालखबर
कात्तिक २२, २०८२ शनिबार १९:१, काठमाडौँ

प्रदेश सभामा विश्वासको मत प्राप्त नभएपछि मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन्। 

शनिबार मधेस प्रदेशसभामा विश्वासको मत प्राप्त नभएपछि उनले राजीनामाको घोषणा गरेका हुन्।

‘फेरि पनि वैधानिकरुपले सरकार गठन प्रक्रिया अगाडि बढोस् भनेर मैले यो राजीनामा गरेँ,’ राजीनामापछि सोनलले भने, ‘अब कसैको केही खेल चल्दैन। भोलि, पर्सितिर फेरि एउटा परिस्थिति हुन्छ। जसको बहुमत हुन्छ, उसले सरकार बनाउँछ।’

आफूसँग बहुमत भएको भन्दै उनले फेरि सरकारमा दाबी गर्ने समेत बताए। ‘तर, म फेरि दावा गर्छु, हामीसँग बहुमत छ,’ उनले भने।

पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट राजीनामा दिएपछि उनी गत असोज २९ गते मुख्यमन्त्री बनेका थिए।

उनलाई उनको पार्टी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गरि ५ पार्टीको सर्मथन थियो। 

ती दलको प्रदेश सभामा  ५६ सांसद रहेका छन्। १०७ सदस्य प्रदेश सभामा प्रदेश सभामा बहुमतका लागि ५४ आवश्यक पर्छ। 

मुख्यमन्त्री सोनलले आफूहरुसँग बहुमत भए पनि बाहिर रहे केही सांसद भित्र आउन नपाउँदा आज बहुमत नपुगेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad