राजनीति


सुदन गुरुङको नागरिकता छानबिन गर्न सरकारलाई युवा संघको ७ दिने अल्टिमेटम

सुदन गुरुङको नागरिकता छानबिन गर्न सरकारलाई युवा संघको ७ दिने अल्टिमेटम

नेपालखबर
कात्तिक २२, २०८२ शनिबार २०:४, काठमाडौँ

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवासंघ नेपालले जेनजी अगुवा सुदन गुरुङको नागरिकता प्रकरणबारे छानबिन गर्न सरकारलाई एक साताको अल्टिमेटम दिएको छ। 

स्थायी कमिटी सदस्य भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको युवासंघका प्रवक्ता निरोज पौडेलले जानकारी दिए।

‘यदि सरकारले तोकिएको समयमा सत्यतथ्य सार्वजनिक नगरेमा युवासंघ आफैंले खोजी गरी प्रहरीमा जिम्मा लगाउने र कानुनी प्रक्रियामा ल्याउनेछ,’ प्रवक्ता पौडेलले भने।

त्यसैगरी, हालैको जेनजी आन्दोलनका क्रममा क्षति पुगेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर पुनर्निर्माणका लागि तेह्रथुम आठराईबाट अभियान सुरु गर्ने निर्णय पनि बैठकले गरेको छ। युवासंघले यस अभियानलाई ‘देश निर्माण र संगठन सुदृढीकरणको प्रतीकात्मक सुरुवात’का रूपमा लिने बताएको छ।

बैठकले आन्दोलनको नाममा देशभर गरिएको आगजनी, तोडफोड र अराजक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ। 

प्रवक्ता पौडेलले बैठकका निष्कर्षबारे बताउँदै भने, ‘हामी जेनजीका साथीहरूसँग मिलेर अघि बढ्छौं, तर राज्य र समाजलाई क्षति पुर्‍याउनेहरूलाई कानुनी कठघरामा उभ्याउनेछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad