राजनीति


गगन-विश्वले कब्जा गर्ने डरले देउवा पक्षका डेढसय कार्यकर्ता पार्टी कार्यालयमै सुते

गगन-विश्वले कब्जा गर्ने डरले देउवा पक्षका डेढसय कार्यकर्ता पार्टी कार्यालयमै सुते

नेपालखबर
पुस ३०, २०८२ बुधबार १७:१८, काठमाडौँ

नेपाली कांग्रेस औपचारिक विभाजनको नजिक छ। राजनीतिक रुपमा विभाजन भइसके पनि कानुनी रुपमा केही प्रक्रिया बाँकी छ। 

शेरबहादुर देउवा र गगन थापाको नेतृत्वमा कांग्रेस छुट्टा छुट्टै समूहमा विभाजन भएसँगै पार्टी कार्यालय, रुख चुनाव चिह्न र चारतारे झण्डाको विवाद सुरु भएको छ।

अहिले दुवै पक्षले आफ्नो भएको दाबी गरेका छन्। 

कांग्रेस मुख्यालय सानेपामा मंगलबार रातिदेखि नै शेरबहादुर देउवा पक्षका कार्यकर्ताले अड्डा जमाएका छन्।

गगन थापा समूहले पार्टी कार्यालय कब्जा गर्ने डरले मंगलबार राति डेढसय कार्यकर्ता पार्टी कार्यालयमै सुतेको सुरक्षा स्रोतले जानकारी दिएको छ। 

‘हिजो राति डेढसयजति कार्यकर्ता पार्टी कार्यालयमै सुतेका थिए। आज पनि त्यतिनै कार्यकर्ता पार्टी कार्यालयमै बसेका छन्। आज राति पनि उनीहरू त्यहीँ सुत्ने बुझिएको छ’, सुरक्षा स्रोतले नेपालखबरसँग भन्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad