राजनीति


विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन

विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन

नेपालखबर
पुस ३०, २०८२ बुधबार १७:५८, काठमाडौँ

नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गुरु घिमिरे र प्रदीप पौडेल महामन्त्री चयन भएका छन्। 

काठमाडौँको भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनबाट घिमिरे र पौडेललाई महामन्त्री चयन गरेको हो।  नेता विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट महामन्त्रीमा युवा नेताद्वय प्रदीप पौडेल र गुरु घिमिरे चयन भएको बताए। अन्य पदाधिकारी टुंगो लगाउन गगन थापा र पदाधिकारीका उम्मेदवारबीच छलफल भइरहेको छ।

निर्वाचन समितिले बुधबार बिहान उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको थियो। जसमा महामन्त्रीका लागि घिमिरे र पौडेलले मात्रै उम्मेदवारी दिएका हुन्। कांग्रेसमा दुई महामन्त्री रहने व्यवस्था छ। 

कांग्रेसको १४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा समूहबाट उम्मेदवार बनेका पौडेल महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मासँग पराजित भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad