राजनीति


संसद् छिर्दै १३१ नयाँ अनुहार: यस्तो छ हार्वर्ड विश्वविद्यालयदेखि भुइँमान्छेसम्मको प्रतिनिधित्व

संसद् छिर्दै १३१ नयाँ अनुहार: यस्तो छ हार्वर्ड विश्वविद्यालयदेखि भुइँमान्छेसम्मको प्रतिनिधित्व

निर्दोष घोरसाइने
फागुन २५, २०८२ सोमबार १६:३०, काठमाडौँ

नीति निर्माणको थलो प्रतिनिधिसभा यसपटक नयाँ र शिक्षित ऊर्जाले भरिने भएको छ। यस निर्वाचनबाट १३२ जना नयाँ सांसदहरू चुनिएका छन्, जसले पहिलोपटक संसदीय अभ्यासमा पाइला टेक्दै छन्। यीमध्ये कतिपय सांसदहरू विश्वका प्रतिष्ठित विश्वविद्यालय—हार्वर्ड र लन्डन स्कुल अफ इकोनोमिक्सजस्ता संस्थाबाट दीक्षित छन्।

नयाँ सांसदहरूको सबैभन्दा ठूलो हिस्सा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट छ,  ११० जना। स्थापित दलहरूमा पनि परिवर्तनको लहर देखिएको छ। नेपाली कांग्रेसबाट ११ जना नयाँ व्यक्ति जनप्रतिनिधिको रूपमा निर्वाचित भएका छन्।

त्यस्तै, नेकपा एमालेबाट ४ जना, नेकपा (माओवादी केन्द्र) बाट ३ जना र श्रम संस्कृति पार्टीबाट ३ जना नयाँ सांसदहरूले सदनमा प्रवेश पाएका छन्। बौद्धिक र युवा सांसदहरूको यो बाहुल्यताले संसद्को बहसलाई नीतिगत र रचनात्मक बनाउने अपेक्षा गर्न सकिन्छ। नयाँ अनुहार तलको सूची हेर्नुहोस्:

नेपाली कांग्रेसबाट निर्वाचित नयाँ सांसदहरू ११ जना
कोशी: नरेन्द्र कुमार केरुङ (पाँचथर), सन्तोष सुब्बा (तेह्रथुम), प्रकाश सिंह कार्की (सोलुखुम्बु)

मधेश: मो. फिरदोश आलम (रौतहट–२)
लुम्बिनी: सन्दीप राना (पाल्पा–१)
कर्णाली: विष्णु खड्का (सुर्खेत–१), बासना थापा (दैलेख–१), खडक बहादुर बुढा (जाजरकोट), जयपती रोकाया (हुम्ला), खड्ग शाही (मुगु) सुदूरपश्चिम: भरत कुमार स्वार (अछाम–१)

***
एमालेबाट निर्वाचित नयाँ सांसदहरू ३ जना
कोशी:
क्षितिज थेवे (ताप्लेजुङ), काजीमान कागते (इलाम–१), अर्जुनबहादुर कार्की (संखुवासभा)
सुदूरपश्चिम: ऐन महर (बझाङ)

***
नेपाली कम्युनिष्ट पार्टी  ३ जना
बागमती:
युवराज दुलाल (सिन्धुपाल्चोक–२)
कर्णाली: रमेश कुमार मल्ल (सल्यान), गोपाल शर्मा (रुकुम पश्चिम)

***
रास्वपाबाट निर्वाचित नयाँ सांसदहरू ११० जना

रास्वपा: कोशी प्रदेश
झापा: प्रकाश पाठक (३), शम्भु प्रसाद ढकाल (४), वालेन्द्र शाह (५)
मोरङ: यज्ञमणि न्यौपाने (१), कृष्णकुमार कार्की (२), गणेश कार्की (३), सन्तोष राजवंशी (४), आशा झा (५), रुबिना आचार्य (४)
सुनसरी: लाल बिक्रम थापा (२), दीपक कुमार साह (४)
ओखलढुंगा: बिश्वराज पोखरेल
उदयपुर: पारश मणि गेलाल (१), सुर्य बहादुर तामाङ (२)

रास्वपा: मधेश प्रदेश
सप्तरी: पुष्पाकुमारी चौधरी (१), रामजी यादव (२), अमर कान्त चौधरी (३), सिताराम साह (४)
सिराहा: बब्लु गुप्ता (१), शिव शंकर यादव (२), शम्भु कुमार यादव (३), तपेश्वर यादव (४)
धनुषा: राम विनोद यादव (२), राज किशोर महतो (४)
महोत्तरी: प्रमोदकुमार महतो (१), दिपककुमार साह (२), उज्ज्वल कुमार झा (३), गौरी कुमारी (४)
सर्लाही: नितिमा भण्डारी (१), रबिन महतो (२), नरेन्द्र साह कलवार (३)
रौतहट: राजेश कुमार चौधरी (१), रविन्द्र पटेल (३), गणेश पौडेल (४)
बारा: गणेश धिमाल (१), चन्दनकुमार सिंह (२), अरबिन्द साह (३), रहवर अंसारी (४)
पर्सा: बुद्धिप्रसाद पन्त (१), सुशील कुमार कानु (२), रामाकान्त प्रसाद चौरसीया (३), टेक बहादुर शाक्य (४)

रास्वपा: बागमती प्रदेश
काठमाडौँ: रन्जु न्यौपाने (१), सुनिल केसी (२), राजु नाथ पाण्डे (३), पुकार बम (४), सस्मित पोखरेल (५), प्रदिप विष्ट (१०)
ललितपुर: बुद्ध रत्न महर्जन (१), जगदिश खरेल (२)
भक्तपुर: रुकेश रन्जित (१), राजीव खत्री (२)
धादिङ: आसिका तामाङ (१), वोध नारायण श्रेष्ठ (२)
नुवाकोट: अचुत्तम लामिछाने (१), विक्रम तिमिल्सिना (२)
काभ्रेपलाञ्चोक: मधुकुमार चौलागाई (१), बदनकुमार भण्डारी (२)
मकवानपुर: प्रकाश गौतम (१), प्रशान्त उप्रेती (२)
सिन्धुली: धनेन्द्र कार्की (१), आशिष गजुरेल (२)
रामेछाप: कृष्ण हरी बुढाथोकी
दोलखा: जगदीश खरेल
सिन्धुपाल्चोक: भरत प्रसाद पराजुली (१)

रास्वपा: गण्डकी प्रदेश
कास्की: खडक राज पौडेल (१), उत्तम प्रसाद पौडेल (२), बिना गुरुङ (३)
गोरखा: सुधन गुरुङ (१), कविन्द्र बुर्लाकोटी (२)
स्याङजा: धनन्जय रेग्मी (१), झवि लाल डुम्रे (२)
बाग्लुङ: सुशील खड्का (१), सोम शर्मा (२)
तनहुँ: श्रीराम न्यौपाने (२)
लमजुङ: धर्म राज केसी
पर्वत: सागर भुसाल

रास्वपा: लुम्बिनी प्रदेश
रुपन्देही: सुनिल लम्साल (१), सुलभ खरेल (२), डा. लेखजंग थापा (३), कन्हैया बनिया (४), तौफिक अहमद खान (५)
दाङ: देवराज पाठक (१), विपिन कुमार आचार्य (२), कमल सुबेदी (३)
कपिलबस्तु: मोहन लाल आचार्य (१), विक्रम थापा (२)
बाँके: सुरेश कुमार चौधरी (१), खग्रेन्द सुनार (२)
बर्दिया: ठाकुर सिंह थारु (१), श्रीधर पोखरेल (२)
नवलपरासी (पश्चिम): राजन गौतम (१), मनिष खनाल (२), विक्रम खनाल (१), नरेन्द्र कुमार गुप्ता (२)
गुल्मी: सागर ढकाल (१), गोविन्द पन्थी (२)
अर्घाखाँची: हरी प्रसाद भुसाल
प्यूठान: सुशान्त वैदिक
पाल्पा: माधव बहादुर थापा (२)

रास्वपा: कर्णाली र सुदूरपश्चिम प्रदेश
कैलाली: कोमल ज्ञवाली (१), केपी खनाल (२), जगतप्रसाद जोशी (३), खेमराज कोईराला (४), आनन्द बहादुर चन्द (५)
कञ्चनपुर: जनक सिंह धामी (१), दिपक राज बोहरा (२)
सुर्खेत: रमेश कुमार सापकोटा (२)
बैतडी: हरि मोहन भण्डारी
डडेलधुरा: तारा प्रसाद जोशी

श्रम संस्कृति पार्टी:
ध्रुवराज राई (भोजपुर), हर्कराज राई (सुनसरी–१), आरेन राई (खोटाङ)

स्वतन्त्र: महावीर पुन (म्याग्दी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad