प्रतिनिधि सभाको निर्वाचनभन्दा एक महिनाअघि माघ २० मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सामाजिक सञ्जालमा लेखेका थिए, ‘मेरो खुला आग्रह छ- अझै पनि जो-जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौँ तर जन विद्रोहले उखेलेर फालेको पुरानो संसद्, षडयन्त्रपूर्ण ढंगले फर्काउने कुनै पनि चलखेल, दवाव र धम्की स्वीकार्दैनौँ।’
नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच चुनावी गठबन्धन गर्ने चर्चाबीच लामिछानेले यस्तो प्रतिक्रिया दिएका थिए। त्यसअघि पनि उनले सार्वजनिक कार्यक्रममा अन्य दललाई गठनबन्धन गर्न चुनौती दिँदै आएका थिए।
माघअघि कांग्रेस, एमाले र नेकपाबीच चुनावी गठबन्धनको चर्चा पनि चलेको थियो। तीनै दलका दोस्रो तहका नेताबीच केही अनौपचारिक छलफल पनि भएका समाचार आएका थिए। राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन भएको थियो। तर, सिट संख्यामा चित्त नबुझेपछि नेकपाले एक्लै चुनाव लडेको थियो।
कांग्रेस र एमालेका नेताहरू राष्ट्रिय सभा चुनावमा भएको गठबन्धन प्रतिनिधि सभाको चुनावसम्म जाने बताएका थिए। त्यसमा तीनै दल र मधेसमा जसपा नेपालबीच गठबन्धन गर्ने तयारी थियो।
तर, विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने निर्णय गर्यो। कांग्रेसको विशेष महाधिवेशनको हलबाटै एक्लै चुनावमा जाने निर्णय गरिएको थियो। त्यसपछि सबै दल एक्ला-एक्लै चुनाव गएका थिए।
सोमबार बिहानसम्म १६१ सिटको मत परिणाम सार्वजनिक भइसकेको छ भने रास्वपाले १२४ सिट जितेको छ। समानुपातिक गरेर दुईतिहाइ बहुमत प्राप्त गर्ने सम्भावना जिवित छैन।
प्रत्यक्षतर्फ कांग्रेसले १७, एमालेले ८, नेकपाले ७, श्रम संस्कृतिले ३, राप्रपाले १ र स्वतन्त्र उम्मेदवारले एक सिट जितेका छन्। उम्मेदवारी खारेजको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै निर्वाचन आयोगले धनुषा-१ नतिजा सार्वजनिक गरेको छैन भने तीन सिटमा मतगणना जारी छ।
निर्वाचन परिणाम आइसकेपछि यो विश्लेषणको आसय रास्वपाविरुद्ध तीन दलले गठबन्धन गरेको भए हुन्थ्यो भन्ने होइन र, यो अब एउटा अनुमानको कुरा मात्रै रह्यो। तर के तीन दलबीच गठबन्धन गरिएकै भए पनि लामिछानेले भने झैँ रास्वपालाई रोक्न सक्दैनथे? रास्वपाले जितेका क्षेत्रको मतपरिणाम केलाउँदा यस्तो फरक तस्बिर पनि देखिन्छ।
रास्वपासँग कांग्रेस, एमाले वा नेकपा निकटतम प्रतिस्पर्धी रहेका क्षेत्रमध्ये ३४ क्षेत्रमा तीनै दलको मत रास्वपाको भन्दा बढी छ। रास्वपाले जितेका कोसी प्रदेशका २, मधेसका १, बागमतीका ११, गण्डकीका ६, लुम्बिनीका ९, कर्णालीको १ र सुदूरपश्चिमका ३ निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले र नेकपाको मत बढी हुन्छ। केही क्षेत्रमा भने हाराहारी देखिन्छ। यहाँ बढी भएका क्षेत्रमा मात्रै राखिएको छ।
कोसी प्रदेशको ओखलढुंगाबाट निर्वाचित रास्वपाका विश्वराज पोखरेलको मत १३ हजार ९५३ छ। जबकि, तीनै दलका उम्मेदवारले पाएको मत जोड्दा ३५ हजार ९६४ मत पुग्छ।
उदयपुर-२ मा रास्वपाका सूर्यबहादुर तामाङ १४ हजार ८०२ मत पाएर निर्वाचित भएका छन् भने तीन दलको मत २० हजार १३५ रहेको छ।
ओखलढुंगा
- विश्वराज पोखरेल (रास्वपा) : १३,९५३
- कुमार लुईटेल (नेका) : १३,९४८
- अम्विर बाबु गुरुङ (नेकपा) : ११,२९६
- अस्मिता थापा (एमाले) : १०,७२०
उदयपुर-२
- सूर्यबहादुर तामाङ (रास्वपा): १४,८०२
- अम्बरबहादुर रायामाझी (एमाले) : ७,६४८
- रामकुमार राई (नेका) : ७,२९०
- सुरेशकुमार राई (नेकपा) : ५,१९७
मधेस प्रदेशको एक क्षेत्रमा पनि रास्वपाका उम्मेदवारको भन्दा तीन दलका उम्मेदवारको मत बढी रहेको छ। पर्सा-३ मा रास्वपाका रामाकान्त प्रसाद चौरसियाले २९ हजार ६७९ मत पाएका छन् भने तीनै दलको मत ३० हजार ४१७ रहेको छ।
पर्सा-३
- रामाकान्त प्रसाद चौरसिया (रास्वपा) : २९,६७९
- सरेन्द्रप्रसाद चौधरी (नेका) : १६,३६६
- रुपेशकुमार पाण्डेय (एमाले) : ११,९१४
- छोटेलाल प्रसाद यादव (नेकपा) : २,१३७
सबैभन्दा बढी बागमतीमा
रास्वपाले जितेका बागमती प्रदेशका ११ निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले र नेकपाले पाएको मत बढी छ। दोलखामा रास्वपाका जगदीश खरेल ३२ हजार ३७६ मत पाएका छन् भने तीनै दलका उम्मेदवारले पाएको मत ४२ हजार ८१२ रहेको छ।
त्यस्तै, रामेछापमा रास्वपाका कृष्णहरि बुढाथोकी २४ हजार ८०८ मत पाएर निर्वाचित भएका छन् भने तीनै दलका उम्मेदवारले पाएको मत ४७ हजार २७० रहेको छ।
सिन्धुलीमा तीन दलका उम्मेदवारको मत धेरै छ। सिन्धुली-१ मा रास्वपाका धनेन्द्र कार्कीले १६ हजार ६५९ मत पाएका छन् भने तीन दलका उम्मेदवारको मत ३६ हजार १५३ छ। सिन्धुली-२ मा रास्वपाका आशिष गजुरेलले १७ हजार ९४० मत पाएक छन् भने तीन दलका उम्मेदवारको मत ३३ हजार १४६ रहेको छ।
धदिङका दुवै क्षेत्रमा पनि यस्तै छ। धादिङ-१ मा रास्वपाकी आसिका तामाङले ३९ हजार १२८ मत पाएकी छन् भने तीन दलका उम्मेदवारको मत ३९ हजार ८२१ रहेको छ।
धादिङ-२ मा रास्वपाका वोधनारायण श्रेष्ठले २६ हजार १४५ मत पाएका छन् भने तीन दलका उम्मेदवारको मत ३९ हजार ३९९ छ।
यसैगरी नुवाकोट-१ मा रास्वपाका विक्रम तिमिल्सिना २२ हजार ६०९ मत पाएर निर्वाचित भएका छन् भने तीन दलका उम्मेदवारको मत ४० हजार ९०६ रहेको छ। काभ्रेपलाञ्चोक-१ मा रास्वपाका मधुकुमार चौलागाईले २९ हजार ६१८ मत पाउँदा तीन दलका उम्मेदवारले ४७ हजार १६४ मत पाएका छन्।
सिन्धुपाल्चोक-१ मा रास्वपाको भन्दा तीन दलका उम्मेदवारको मत बढी छ। रास्वपाका भरतप्रसाद पराजुलीले २४ हजार ४१२ मत पाएका छन् भने तीन दलका उम्मेदवारले ४० हजार ५८१ मत पाएका छन्।
मकवानपुरका दुवै क्षेत्रमा पनि तीन दलका उम्मेदवारले पाएका मत बढी छ। मकवानपुर-१ म रास्वपाका प्रकाश गौतमले ३६ हजार ३३ मत पाएका छन् भने तीन दलका उम्मेदवारको ३७ हजार ६०९ मत छ।
मकवानपुर-२ मा रास्वपाका प्रशान्त उप्रेती ३० हजार ५० मत लिएर निर्वाचित भएका छन् भने तीन दलका उम्मेदवारको मत ४६ हजार ३९४ रहेको छ।
दोलखा
- जगदीश खरेल (रास्वपा): ३२,३७६
- पार्वत गुरुङ (एमाले): १७,४४९
- विशाल खड्का (नेकपा): १३,०६५
- अजयबाबु शिवाकोटी (नेका): १२,२९८
रामेछाप
- कृष्णहरि बुढाथोकी (रास्वपा) : २४,८०८
- माधवप्रसाद ढुंगेल (एमाले) : १७,६०९
- रामचन्द्र खड्का (नेका) : १६,३०७
- श्यामकुमार श्रेष्ठ (नेकपा) : १३,३५४
सिन्धुली-१
- धनेन्द्र कार्की (रास्वपा) : १६,६५९
- प्रदिप कटुवाल क्षेत्री (एमाले) : १५,८७५
- उज्ज्वलप्रसाद बराल (नेका) : १५,५७०
- डेकेन्द्रप्रसाद सुवेदी (नेकपा) : ४,७०८
सिन्धुली-२
- आशिष गजुरेल (रास्वपा) : १७,९४०
- लेखनाथ दाहाल (नेकपा) : १४,७८०
- मनोजजंग थापा (एमाले) : ११,६०६
- सुशिला थिङ (नेका) : ६,७६०
धादिङ-१
- आसिका तामाङ (रास्वपा) : ३९,१२८
- भूमिप्रसाद त्रिपाठी (एमाले) : १५,०३२
- राजेन्द्रप्रसाद पाण्डे (नेकपा) : १४,७०९
- कृष्ण रिजाल (नेका) : १०,०८०
धादिङ-२
- वोथनारायण श्रेष्ठ (रास्वपा) : २६,१४५
- रमेशप्रसाद धमला (नेका) : २०,२७९
- धनबहादुर घले (एमाले) : १०,०८४
- रामबहादुर भण्डारी (नेकपा) : ९,०३६
नुवाकोट-१
- विक्रम तिमिल्सिना (रास्वपा) : २२,६०९
- प्रकाशशरण महत (नेका) : १८,५९७
- हितबहादुर तामाङ (नेकपा) : १३,३७७
- बद्री मैनाली (एमाले) : ८९३२
काभ्रेपलाञ्चोक-१
- मधुकुमार चौलागाई (रास्वपा) : २९,६१८
- गुणराज मुक्तान (नेका) : १९,१६६
- दिननाथ गौतम (नेकपा) : १४,१८४
- अमि तामाङ (एमाले) : १३,८१४
सिन्धुपाल्चोक-१
- भरतप्रसाद पराजुली (रास्वपा) : २४,४१२
- माधव सापकोटा (नेकपा) : १७,३२७
- सरेश नेपाल (एमाले) : ११९६१
- जंगबहादुर लामा (नेका) : ११,२९३
मकवानपुर-१
- प्रकाश गौतम (रास्वपा) : ३६,०३३
- महालक्ष्मी उपाध्याय (नेका) : १४,०३८
- रामेश्वर राना मगर (एमाले) : १२,७८३
- विजय गौतम (नेकपा) : १०,७८८
मकवानपुर-२
- प्रशान्त उप्रेती (रास्वपा) : ३०,०५०
- महेश वर्तौला (एमाले) : १८,८४६
- वुद्ध लामा (नेका) : १५,०५६
- लवशेर विष्ट (नेकपा) : १२,४९२
गण्डकी प्रदेशका ६ क्षेत्र
लमजुङबाट रास्वपाका धर्मराज केसी ३३ हजार ८९८ मत प्राप्त गरेर सांसद बनेका छन् भने तीन दलका उम्मेदवारको मत ३६ हजार ९१६ छ ।
स्याङ्जाका दुवै क्षेत्रमा पनि तीन दलको मत बढी छ। स्याङ्जा-१ मा रास्वपाका धनन्जय रेग्मीले २९ हजार ७१ मत पाएका छन् भने तीन दलका उम्मेदवारले पाएको मत ३७ हजार २१३ रहेको छ। यस्तै, स्याङ्जा-२ मा रास्वपाका झविलाल डुम्रेले २५ हजार ३५४ मत पाएका छन् भने तीन दलका उम्मेदवारको मत ३५ हजार ७८६ रहेको छ।
बागलुङमा तीन दलकै मत बढी छ। बगलुङ-१ बाट रास्वपाकी सुशील खड्का २० हजार ९२७ मत पाएर निर्वाचित भएका छन् भने तीन दलका उम्मेदवारले २५ हजार १०५ मत पाएका छन्। यो क्षेत्रमा नेकपाले राष्ट्रिय जनमोर्चालाई समर्थन गरेको थियो।
बागलुङ-२ मा रास्वपाका सोम शर्माले १२ हजार ६४७ मत पाएका छन् भने तीन दलका उम्मेदवारको मत ३० हजार ४४१ रहेको छ।
यस्तै, पर्वमा रास्वपाका सागर भुसाल २६ हजार ५६१ मत पाएर निर्वाचित भएका छन् भने तीन दलका उम्मेदवारको मत ३५ हजार ५८६ रहेको छ।
लमजुङ
- धर्मराज केसी (रास्वपा) : ३३,८९८
- पृथ्वी सुब्बा गुरुङ (एमाले) : १६,९७६
- गमप्रसाद गुरुङ (नेका) : १६,५६९
- हरिजंग तामाङ (नेकपा) : ३,३७१
स्याङ्जा-१
- धनन्जय रेग्मी (रास्वपा) : २९,०७१
- भरतराज ढकाल (नेका) : १८,८५७
- मिनप्रसाद गुरुङ (एमाले) : १६,८०४
- शैलेन्द्र घिमिरे (नेकपा) : १,५५२
स्याङ्जा-२
- झविलाल डुम्रे (रास्वपा) : २५,३५४
- भगवत प्रकाश मल्ल (नेका) : २०,८३०
- खिमबहादुर थापा (एमाले) : १४,१०८
- पदमबहादुर विक (नेकपा) : ८४८
बागलुङ-१
- सुशील खड्का (रास्वपा) : २०,९२७
- भिमबहादुर श्रीस राना (नेका) : ११,९४४
- हिराबहादुर खत्री (एमाले) : ८,६४०
- कृष्णप्रसाद शर्मा अधिकारी (राजमो) : ४,५२१
बागलुङ-२
- सोम शर्मा (रास्वपा) : १२,६४७
- टेकराज पौडेल (नेका) : ११,८६८
- ज्ञामनाथ गैरे (नेकपा) : १०,७०९
- मन्जु शर्मा (एमाले) : ७,८६४
पर्वत
- सागर भुसाल (रास्वपा) : २६,५६१
- अर्जुनप्रसाद जोशी (नेका) : १५,९५४
- पदम गिरी (एमाले) : १५,०७५
- मनहरि शर्मा (नेकपा) : ४,५५७
लुम्बिनी प्रदेशका ९ सिट
गुल्मीका दुवै क्षेत्रमा तीन दलका उम्मेदवारको मत धेरै छ। गुल्मी-१ बाट रास्वपाका सागर ढकालले २९ हजार ६४२ मत पाएका छन् भने तीन दलका उम्मेदवारको मत ३१ ह्जार ८५३ छ। गुल्मी-२ मा रास्वपाका गोविन्द पन्थीको मत १६ हजार ९६७ छ भने तीन दलका उम्मेवारको मत ३३ हजार ९२१ रहेको छ।
यस्तै, पाल्पा-२ मा रास्वपाका माधवबहादुर थापाले २६ हजार ७३७ मत पाएका छन् भने तीन दलका उम्मेदवारको मत २८ हजार ५८३ रहेको छ।
अर्घाखाँचीमा रास्वपाका हरिप्रसाद भुसाल ३५ हजार २३ मत पाएर निर्वाचित भएका छन् भने तीन दलका उम्मेदवारको मत ४५ हजार ४७९ रहेको छ।
रुपन्देही-४ मा पनि तीन दलका उम्मेदवारको मत बढी छ। रास्वपाका कन्हैया बनियाले २८ हजार ६६ मत पाएका छन् भने तीन दलका उम्मेदवारले ३६ हजार ३१५ रहेको छ।
यसैगरी, कपिलवस्तु-२ मा रास्वपाका विक्रम थापाले २७ हजार ६३५ मत पाएका छन् भने तीन दलका उम्मेदवारको मत ४९ हजार २६६ छ। यस्तै, प्युठानको पनि छ। रास्वपाका सुशान्त वैदिकले २७ हजार ४६९ मत पाएका छन् भने तीन दलका उम्मेदवारले ४४ हजार १२२ मत पाएका छन्।
बाँके-३ मा रास्वपाका खगेन्द्र सुनार २९ हजार ५५१ मत पाएर निर्वाचित भएका छन् भने तीन दलका उम्मेदवारको मत ३६ हजार ८४५ रहेको छ।
बर्दिया-२ मा रास्वपाका श्रीधर पोख्रेलले २९ हजार ६७९ मत पाएका छन् भने तीन दलका उम्मेदवारको मत ५० हजार ३५४ छ।
गुल्मी-१
- सागर ढकाल (रास्वपा) : २९,६४२
- प्रदिप ज्ञवाली (एमाले) : १५,१८१
- चन्द्रकान्त भण्डारी (नेका) : १३,५०५
- सुदर्शन बराल (नेकपा) : ३,१६७
गुल्मी-२
- गोविन्द पन्थी (रास्वपा) : १६,९६७
- गोकर्ण विष्ट (एमाले) : १६,४०६
- भुवनप्रसाद श्रेष्ठ (नेका) : १४,४३४
- श्रीराम महत (नेकपा) : ३,०८१
पाल्पा-२
- माधवबहादुर थापा (रास्वपा) : २६,७३७
- हिमालदत्त श्रेष्ठ (नेका) : १२,९९२
- ठाकुर गैरे (एमाले) : १०,५०३
- सोमप्रसाद पाण्डेय (नेकपा) : ५,२८८
अर्घाखाँची
- हरिप्रसाद भुसाल (रास्वपा) : ३५,०२३
- पिताम्वर भुसाल (एमाले) : २२,६४९
- विष्णुप्रसाद खनाल (नेका) : १८,९८३
- रामबहादुर चौहान (नेकपा) : ३,८४७
रुपन्देही-४
- कन्हैया बनिया (रास्वपा) : २८,०६६
- प्रमोदकुमार यादव (एमाले) : २०,२६२
- आशुतोष मिश्र (नेका) : १५,६१३
- बाबुलाल यादव (नेकपा) : ४४०
कपिलवस्तु-२
- विक्रम थापा (रास्वपा) : २७,६३५
- सुरेन्द्रराज आचार्य (नेका) : २१,५२७
- बृजेशकुमार गुप्त (नेकपा) : २०,४८२
- दृगनारायण पाण्डेय (एमाले) : ७,२५७
प्युठान
- सुशान्त वैदिक (रास्वपा) : २७,४६९
- डा. गोविन्दराज पोखरेल (नेका) : १८,३३८
- सूर्यबहादुर थापा (एमाले) : १६,७१०
- कृष्णध्वज खड्का (नेकपा) : ९,०७४
बाँके-३
- खगेन्द्र सुनार (रास्वपा) : २९,५५१
- सुमन मल्ल (एमाले) : १९,६१५
- अमरसिंह पुन (नेका) : १३,२१५
- दिपककुमार गौरी मगर (नेकपा) : ४,०१५
बर्दिया-२
- श्रीधर पोख्रेल (रास्वपा) : २९,६७९
- किशोरसिंह राठोर (नेका) : २०,४०२
- सुरेश पन्थ (नेकपा) : १९,१८०
- बिमला विक (एमाले) : १०,७७२
कस्तो छ कर्णाली र सुदूरपश्चिममा?
कर्णाली प्रदेशको सुर्खेत-२ मा मात्रै रास्वपाले जितेको छ। यो क्षेत्रबाट निर्वाचित रास्वाका रमेशकुमार सापकोटाको मत ३० हजार ८२६ छ भने तीन दलका उम्मेदवारको मत ३४ हजार १३४ रहेको छ।
यस्तै, सुदूरपश्चिमका तीन क्षेत्रमा पनि रास्वपाका उम्मेदवार भन्दा तीन दलका उम्मेदवारको मत बढी छ। डडेल्धुराबाट निर्वाचित रास्वपाका तारादत्त जोशीले १९ हजार १३९ मत पाएका छन् भने तीन दलका उम्मेदवारको मत २१ ह्जार ८८१ रहेको छ।
बैतडीबाट निर्वाचित रास्वपका हरिमोहन भण्डारीले २२ हजार १३४ मत पाएका छन् भने तीन दलका उम्मेदवारको मत ४२ हजार २५० रहेको छ।
यस्तै, कञ्चनपुर-१ बट निर्वाचित रास्वपाका उम्मेदवार जनकसिंह धामीले २४ हजार ३३२ मत पाएका छन् भने तीन दलका उम्मेदवारको मत २७ हजार ६६५ रहेको छ।
सुर्खेत-२
- रमेशकुमार सापकोटा (रास्वपा) : ३०,८२६
- नारायणकुमार कोइराला (नेका) : १६,३९२
- कुलमणि देवकोटा (एमाले) : १३,१५५
- झकबहादुर मल्ल (नेकपा) : ४,५८७
कञ्चनपुर-१
- जनकसिंह धामी (रास्वपा) : २४,३३२
- बीना मगर (नेकपा) : ११,११०
- गोपीप्रसाद उपाध्याय (नेका) : ८,४६७
- तारा लामा तामाङ (एमाले) : ८,०८८
तीन फरक क्षेत्र
रास्वपा बाहेक अन्य दलले जितेका तीन सिटमा पनि तीन दलका उम्मेदवारको मत बढी छ। कर्णाली प्रदेशबाट राप्रपाले जितेको जुम्लामा तीन दलको मत धेरै छ। राप्रपाका ज्ञानबहादुर शाहीले १४ हजार ८१६ मत पाएका छन् भने तीन दलका उम्मेदवारको मत २३ हजार २९६ रहेको छ।
त्यस्तै, कोसी प्रदेशमा श्रम संस्कृति पार्टीले जितेका दुई सिटमा पनि तीन दलको मत धेरै छ। भोजपुरबाट निर्वाचित श्रम संस्कृति पार्टीका ध्रुवराज राईले १६ हजार ६६३ मत पाएका छन् भने तीन दलका उम्मेदवारको मत २९ हजार १४८ छ।
खोटाङमा पनि श्रम संस्कृति पार्टीका आरेन राईको १६ हजार ६१२ मत छ भने तीन दलका उम्मेदवारको मत ३४ हजार ११४ रहेको छ।
जुम्ला
- ज्ञानबहादुर शाही (राप्रपा) : १४,८१६
- नरेश भण्डारी (नेकपा) : ११,६३५
- दिपबहादुर शाही (नेका) : ७,१४३
- शान्ति लाल महत (एमाले) : ४,५१८
भोजपुर
- ध्रुवराज राई (श्रम संस्कृति) : १६,६६३
- शेरधन राई (एमाले) : १४,७५०
- वालकृष्ण थापा (नेका) : ८६७०
- अजम्बर राई काङमाङ (नेकपा) : ५,७२८७
खोटाङ
- आरेन राई (श्रम) : १६,६१२
- देवविक्रम राई (एमाले) : १२,७१४
- वीरकाजी राई (नेका) : ११,९५७
- हरि रोका (नेकपा) : ९,४४३
Shares

प्रतिक्रिया