गोरखा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुधन गुरुङ निर्वाचित भएका छन्।
उनले नेपाली कांग्रेसका प्रेम कुमार खत्रीलाई १४ हजार ४९८ मतान्तरले पराजित गरेका हुन्।
सुधनले कुल २९ हजार ८९६ मतसहित विजयी हुँदा प्रतिस्पर्धी खत्रीले १५ हजार ३९८ मत ल्याए।
तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १२४ मत ल्याए।
त्यसैगरी नेकपा एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७३२, उज्यालो नेपाल पार्टीका रामकाजी राना मगरले ४८९ मत ल्याए।
129
Shares

प्रतिक्रिया