भारतले नेपाललगायत छिमेकी देशहरुसँग भएको सीमा विवाद आपसी सहभागिता र विश्वासको वातावरणमा समाधान गर्न भारत खुला रहेको बताएको छ।
भारतले एकपक्षीय रुपमा नेपाली भूमि लिपुलेक समेत प्रयोग गरी सडक बनाएपछि नेपालले जेठ ९ गते भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्शा जारी गरेको थियो।
साप्ताहिक पत्रकार सम्मेलनमा नेपालले जारी गरेको अद्यावधिक नक्साबारे प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सीमा विवाद सुल्झाउनका लागि रचनात्मक र सकारात्मक प्रयास आवश्यक पर्ने बताएका छन्।
‘भारत आफ्ना सबै छिमेकीसँग आपसी सहभागीतासहित समाधान गर्न खुला छ र त्यसका लागि रचनात्मक र सकारात्मक प्रयास आवश्यक पर्छ,’ श्रीवास्तवले भने।
उनले सीमा मुद्दामा नेपालमा विकसित परिस्थितिको भारतले अनुगमन गरिरहेको पनि बताए।
‘भारत आफ्ना सबै छिमेकीसँग संलग्न रहेर आपसी समझदारीका आधारमा र त्यसका संवेदनशिलतालाई ख्याल गरेर अघि बढ्नका लागि खुला छ,’ उनले भने, ‘यस विषयलाई नेपालमा पनि गम्भीररुपमा विचार गरिएको कुरा हामीले ध्यान दिएका छौं।’
प्रतिक्रिया