पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संकटको बेलापनि सत्ताका लागि आन्तरिक किचलो र झगडामा मस्त ‘अधम’ मान्छेले सरकार सञ्चालन गरिरहेको बताएका छन्।
राजधानीमा भएको एक कार्यक्रमममा बोल्दै डा. भट्टराईले आफूपनि नजान्ने अरुको कुरापनि नसुन्ने ‘अधम’ मान्छेले सरकार चलाइरहेको टिप्पणी गरेका हुन्।
जनताको जीवन र देशको अर्थतन्त्रमा खेलवाड भइरहेको उनले बताए।
‘उत्तम मान्छे आफ्नै विवेकले बुझ्छ। मध्यम मान्छेले अर्कोले भनेको मान्छ। ‘अधम’ मान्छले आफूले पनि जान्दैन र अर्कोले भनेको पनि मान्दैन’ उनले भने, ‘म चाँही हाम्रा शासकलाई अधमको कोटीमा राख्न चाहान्छु। किनकी यस्तो संकटको बेलामा शासन सत्तामा बस्ने मान्छेको आफ्नै किचलो र झै झगडा, सत्ताको भागवण्डामा महिनाैं वर्वाद गरिरहेको छ। देश र जनताको जीवनमाथि खेलवाड गरिरहेको छ।’
जनता समाजवादी पार्टीका नेता भट्टराईले सरकारले नीति, कार्यक्रम र बजेट मार्फत कुनै ठोस कार्यक्रम नल्याएको बताए। कोरोनाका कारण समस्यामा परेका उद्योगी व्यवसायी तथा श्रमिकका लागि कुनै पनि राहतका कार्यक्रम सरकारले ल्याउन नसकेको उनको आरोप थियो।
प्रतिक्रिया