ad ad

राजनीति


मुख्यमन्त्रीको टेबलबाटै योजना अनुगमन गर्न मिल्ने प्रविधि जडान

मुख्यमन्त्रीको टेबलबाटै योजना अनुगमन गर्न मिल्ने प्रविधि जडान

नेपालखबर
साउन ९, २०७७ शुक्रबार ८:४२,

प्रदेश नं १ मा मुख्यमन्त्री ड्यासबोर्ड (सीएम ड्यासबोर्ड) सञ्चालनमा आएको छ। शुक्रबार एक कार्यक्रमकाबीच मुख्यमन्त्री शेरधन राईले ड्यासबोर्डको उद्घाटन गरेका छन्।

मुख्यमन्त्रीको टेबलमा रहने ड्यासबोर्डबाट योजना, विकास निर्माण लगायत गतिविधि प्रत्यक्ष हेर्न मिल्ने र तत्कालै समस्या समाधान गर्ने गरी ड्यासबोर्डको निर्माण गरिएको हो।

ड्यासबोर्ड उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकार डिजिटल प्रदेशको अवधारणामा अगाडि बढेको बताए। डिजिटल प्रविधिमा आधारित भएर चुस्त दुरुस्त काम गर्नका लागि ड्यासबोर्ड प्रभावकारी हुने मुख्यमन्त्री राईको विश्वास छ। ड्यासबोर्डबाट प्रदेशमा सञ्चालित योजना, कार्यक्रमहरुको नियमित रुपमा अनुगमन, मूल्यांकन तथा सहजीकरण गर्न सहज हुने र आवश्यकता अनुसार नियन्त्रण गर्न सकिने मुख्यमन्त्री राईले बताए।

सीएम ड्यासबोर्ड मार्फत प्रदेशका नागरिकहरुको जिज्ञासा, गुनासा तथा सुझावहरु ग्रहण गरी सम्बोधन गर्ने प्रदेश सरकारको योजना रहेको छ। त्यसै अनुरुप ड्यासबोर्ड सञ्चालनमा ल्याइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

ड्यासबोर्डमा प्राप्त हुने सूचनाहरुका आधारमा मुख्यमन्त्री कार्यालयले अन्य मन्त्रालय, निर्देशनालय, आयोजनाहरुबाट सञ्चान भईरहेका कार्यक्रमहरुको भौतिक तथा वित्तिय प्रगतिको समिक्षा गरी तत्कालै आवश्यक निर्देशन, सुझाव र समन्वय गर्न सघाउ पुग्नेछ।

यो ड्यासबोर्डबाट दैनिक भइरहेका प्रगतिको अनुगमन तथा मूल्यांकन हुने र त्यही आधारमा आवश्यक सहयोग र निर्देशन हुनेछ। जसका कारण सञ्चालित सबै योजना कार्यक्रमहरुको उच्चस्तरको प्रगति हुने र सेवा विस्तारमा सहयोग पुग्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ। ड्यासबोर्डमा प्राप्त हुने सूचनाका आधारमा प्रदेश सरकारका योजना तथा कार्यक्रमहरुको प्रभावकारी अनुगमन हुनुका साथै योजनाहरुमा आई परेका समस्याको समाधान गर्न सहयोग पुग्नेछ।

यसबाट स्थानीय तह र संघीय सरकारबाट समेत सञ्चालन हुने कार्यक्रमहरुको दोहोरोपन हटाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। ड्यासबोर्डबाट प्रदेश र स्थानीय तहका कार्यक्रमहरुको समन्वय समेत हुनेछ। प्रदेश अन्तर्गत सञ्चालित सबै खालका कार्यक्रमहरुको प्रगति समीक्षा गर्न र आवश्यक समन्वय गर्न ड्यासबोर्ड महत्वपूर्ण हुने प्रमुख सचिव दिनेश भट्टराईले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .