ad ad

राजनीति


बन्द गर्न भनिएको ह्युस्टनको चिनियाँ दूतावासमा घुसे अमेरिकी एजेन्टहरु

बन्द गर्न भनिएको ह्युस्टनको चिनियाँ दूतावासमा घुसे अमेरिकी एजेन्टहरु

नेपालखबर
साउन १०, २०७७ शनिबार ७:१७,

कुटनीतिक सुविधाको प्रयोग गर्दै चीनले यस महावाणिज्य दूतावासबाट जासूसीको प्रयत्न गरेको अमेरिकी ठहर छ।

दूतावासको अवस्थालाई नियाल्न अमेरिकी एजेन्टहरु पत्रकार, सेना र प्रहरीको ट्रकसँगै त्यहाँ पुगेको बताइएको छ।

अमेरिकी अधिकारीहरुले शुक्रबार टेक्सास रिसर्च इन्स्टिट्युसनका अनुसन्धानकर्तासँग यस दूतावास सम्पर्कमा रहेको र कस्तो सूचना संकलन गर्ने भन्ने विषयमा यस दूतावासले निर्देशित गर्ने गरेको आरोप लगाएका छन्।

Reckless and dangerous: China fumes as tension with US scalps ...

गत मंगलबार अमेरिकाको ‘बौद्धिक सम्पत्ति’को सुरक्षा गर्नका लागि चिनियाँ दूतावास बन्द गर्न निर्देशन दिएको अमेरिकाले जनाएको थियो।

प्रतिक्रिया स्वरुप शुक्रबार मात्र चीनले छेन्दुमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न भनेको छ।

बन्द गर्न भनिएको ह्युस्टनको दूतावासले अमेरिकाको २५ शहरमा अमेरिकी अनुसन्धानलाई बिथोल्ने सन्जाल बनाएको समेत अमेरिकी न्याय विभागले बताएको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .