ad ad

राजनीति


चीनसँगको विवादबीच अमेरिकाद्वारा शक्तिशाली यूएभी ड्रोन निर्यात प्रतिबन्ध फुकुवा, भारत लाभान्वित हुने

चीनसँगको विवादबीच अमेरिकाद्वारा शक्तिशाली यूएभी ड्रोन निर्यात प्रतिबन्ध फुकुवा, भारत लाभान्वित हुने

नेपालखबर
साउन १०, २०७७ शनिबार ८:१४,

यस ड्रोनले प्रतिघण्टा ८ सय किलोमिटरको दुरी पार गर्दछ।

ड्रोन निर्यातमा लागाइएको प्रतिबन्ध फुकुवा गरेपछि अमेरिकाका पूर्वी एसियाली सहयोगी राष्ट्रहरुसँगै भारत पनि यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ।

यस ड्रोनले उत्पन्न खतराको निगरानी गर्नुका साथै यसबाट लक्षित क्षेत्रमा आक्रमण पनि गर्न सकिन्छ।

प्रतिबन्ध फुकुवासँगै भारतले अमेरिकाबाट प्रेडेटर–बी र ग्लोबल हक सर्भइलियन्स ड्रोनपनि खरिद गर्ने बाटो खुल्ने छ।

यी ड्रोनहरुले पनि प्रतिघण्टा झन्डै ८ सय किलोमिटरको दुरी पार गर्नसक्छन्।

अमेरिकी राष्ट्रपतिको कार्यालयले एक बयान सार्वजनिक गर्दै भनेको छ,‘क्षेप्यास्त्र प्रविधिसँग सम्बन्धित यूएभी ड्रोनमा लगाइएको प्रतिबन्ध फकाइएपछि यसले अमेरिकाको सहयोगी राष्ट्रहरुको सुरक्षा क्षमता र आर्थिक सुरक्षा मजबुत बनाउन सहयोग पुग्नेछ।’

हाल चीन र भारत तथा चीन र अमेरिकाबीचको सम्बन्ध निकै बिग्रिएको छ। यस्तो अवस्थामा अमेरिकाले भारतलाई लाभ मिल्ने गरी यूएभी ड्रोन हतियार व्यापार खुला गरेको हो।

चीन र भारतबीच सीमा विवाद जारी छ। गत जुन १५ मा मात्र विवादित गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच झडप हुँदा २० भारतीय सेनाको मृत्यु भएको थियो।

यस्तै अमेरिका र चीनबीच व्यापार, प्रविधि तथा राष्ट्रिय सुरक्षाको विषयमा विवाद छ। हालै अमेरिकाले ह्युस्टनस्थित चिनियाँ महावाणिज्य दूतावास बन्द गराउन निर्देशन दिएपछि विवाद झनै चर्केको छ।

जवाफमा चीनले पनि छेन्दुस्थित अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न भनेको छ। हिन्दुस्तान टाइम्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .