ad ad

राजनीति


वडा अध्यक्षमाथि कुटपिट गर्नेलाई रिहाइको माग गर्दै कञ्चनपुरमा प्रदर्शन

वडा अध्यक्षमाथि कुटपिट गर्नेलाई रिहाइको माग गर्दै कञ्चनपुरमा प्रदर्शन

गोकुल जोशी
साउन १२, २०७७ सोमबार १०:२४,

नेपाली कांग्रेसकाे भातृ संगठन नेपाल तरुण दलले आफ्ना कार्यकर्ता रिहाइकाे माग गर्दै कञचनपुरकाे झलारीमा विराेध प्रदर्शन गरेकाे छ।

शुक्लाफाँटा नगरपालिका–८ का वडाअध्यक्ष बहादुरसिंह महरामाथि हातपात गरेकाे आराेपमा प्रहरीले नियन्त्रणमा लिएका कार्यकर्ताहरुकाे रिहाइको माग गर्दै तरुण दलले प्रदर्शन गरेकाे हाे। पूर्व–पश्चिम महेन्द्र राजमार्गमा टायर बालेर गरिएकाे प्रदर्शनका काराण अहिले साे राजमार्गको झलारी खण्ड अवरुद्ध छ। 

नेपाली कांग्रेस सम्वद्ध तरुण दलका वडा सभापति नारद ठगुन्नाको नेतृत्वमा गएको समूहले शुक्लाफाँटा नगरपालिका–८ का वडाध्यक्ष महरामाथी हातपात गरेको थियो। वडाध्यक्षको किटानी जाहेरी पछि हातपातमा संलग्न शुक्लाफाँटा नगरपालिका–८ का बसन्त ठगुन्ना, कमान सिंह ठगुन्ना, नारद ठगुन्ना, बिनोद ठगुन्ना, नबिन ठगुन्ना, र आनन्द सिंह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

वडा अध्यक्षबाट किटानी जाहेरी आएपछि सबैलाई सोधपुछका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले बताए। कुटपिटबाट अध्यक्ष महराको टाउको, घाँटी, पिठ्युँ लगायतका अंगमा चोट लागेको छ।

कार्यालयमा सेवाग्राहीको काम गरिरहेका बेला ठगुन्नाको नेतृत्वमा आएको १०/१२ जनाको समूहले वडाअध्यक्ष महरामाथि एकाएक आक्रमण गरेको थियो।

शनिबार राति बसन्त ठगुन्ना सहितका युवकले स्थानीय सुरज चौधरीलाई कुटपिट गरेपछि वडाअध्यक्ष महराले उनीहरुलाई सम्झाइबुझाई गरेका थिए। सोही विषयलाई लिएर आइतबार युवाहरुको समूहले वडाअध्यक्षलाई कार्यालयमै आएर कुटपिट गर्नुका साथै तोडफोड गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .